“हामी आफ्ना ति समस्यालाई ति बिचारबाट सुल्झाउन सक्दैनौ, जुन त्यसको उपज हो” !
सबैभन्दा महान कुरा भनेको परिस्थती बुझ्नु र पहिले बितेको समयलाई बुझेर बितेको समयमा के कसरी समस्याको समाधान गरियो वा कुन समस्याले आफ्नो मन गि¥यो अथवा कुन समस्या बल्झियो र त्यस समस्यासँग कसरी अगाडी बड्यो वा पछाडि हटियो भन्ने कुरालाई नियालेर अगाडि बढ्नु नै सफलताको एक कदम अगाडी बढ्नु हो र सफलताका तीन सूत्रहरू छन्, एक, कहिल्यै हरेस नखाउ, दुई, कहिल्यै हरेस नखाउ र तीन कहिल्यै हरेस नखाउ । यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस ,सिद्धान्त होइन ,किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन ।
यहि बित्तेको अथवा हिजोको परिस्थतीलाई नबुझेर वा न नियालेर कुनै कामलाई सम्हालन गाह्रो पर्दछ । “हिजोबाट सिक्नु आजका लागि बाच्नु” भन्ने शब्दलाई बुझेर मन्नन् गरेर अगाडि बढ्नु उपयुक्त हुन्छ अनि हामी कसैले पनि भूतकाल बदल्न सक्दैनौ तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।
भनिन्छ, भोलिका लागि पनि केही राख्नु खुसीमा नमात्तिन्नु दुःखमा नआत्तिनु रात आएमा अबस्य दिन आउँछ भनेझै सुख पनि सधै रहि रहदैन दुख पनि रहिरहदैन त्यसैले आफ्नो कर्तव्य नभुलेर सङ्घर्ष गर्नु पर्दछ । किनकि, सुखमा अथवा आफुलाई पुगीपरी आउँदा नातागोता साथीभाई समाज नसम्झने अनि दुःख पर्दा साथीभाई आफन्तसम्झने हो भने त्यो व्यक्ति पनि समाजमा परिबारमा टिक्न सक्किदैनन् । त्यसैले भोलिका लागि पनि केहि राख्नु उचित हुन्छ । हज्जारौ मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाढ्दा बढ्ने गर्छ । हुन त मान्छे कुनै पनि काममा सर्वउत्क्रष्ट हुन सक्दैन तै पनि आफुसँग भएका नराम्रा गुण हटाएर राम्रो कुरा समाजमा देखाउन सक्नु पर्दछ । हामी को हौं, यो हामीलाई थाहा छ तर के हामी के बन्न सक्छौ यो थाहा छैन ।
मान्छेको आफ्नो–आफ्नो गुण हुन्छ तर कोही मान्छे पनि सबै काममा दक्ष हुदैँन । आफुले नजानेको विषयबस्तुलाई दक्ष व्यक्तिसँग नहिच्किचाए भन्नु पर्दछ । तर आफुभन्दा अशिक्षित व्यक्तिसँग त्यो बिषय लिएर गयो भने झन त्यहाँबाट निस्कर्ष आउनुको साटो अर्काे समस्या पईदा हुन्छ त्यसैले कुनै पनि बिषयको छलफल गर्दा आफु भन्दा शिक्षित व्यक्तिसँग गर्नु उचित हुन्छ । अशिक्षित व्यक्तिबाट कहिल्यै पनि कुनै बिषयको निस्कर्षमा पुग्न सकिदैन् ।
“हामी आफ्ना ति समस्यालाई ति बिचारबाट सुल्झाउन सक्दैनौ, जुन त्यसको उपज हो” किनकि विचार र समस्या भन्ने फरक फरक पाटो हुन बिचार सैदान्तिक कुरातिर जान्छ र समस्या भनेका आफ्नो जीवनमा आइपर्ने काम कर्तव्यतिर जान्छ । बिचारलाई सफलताको शिखरमा लानको लागि आफ्नो सिदान्तलाई व्यवहारमा ढाल्नु पर्दछ भने समस्यालाई कर्तव्य ठानेर सङ्घर्षको मैदानतिर लग्नुपर्दछ अनि मात्र त्यस समस्याको समाधानको बाटो भेटिन्छ ।
कुनै पनि बिषयमा कुनै पनि व्यक्ति तेज हुनको मतलब धेरै ज्ञानवान हुनु होइन, यसको मतलव त कलपना र सपना देख्ने छ भन्ने हुन्छ । जुन व्यक्ति एउटा बिषयमा तेज छ भने उसले त्यो बिषयलाई उसले मन पराउछ अथवा माया गर्दछ भन्ने हुन्छ किनकि आफुले माया गर्ने बस्तुसँग जस्तो सङ्घर्ष गरेर भए पनि त्यसलाई आफ्नो बनाउन सक्छ अथवा त्यस बिषयमा दक्ष बन्न सकिन्छ । र ऊ त्यस बिषयको बारेमा खोज अनुसन्धान गरेर त्यस कुरामा तेज हुन्छ । उसँग त्यस बिषयबस्तुको मात्र ज्ञान हुन्छ र उसँग अरु कुराको ज्ञान हुदैँन त्यसैले कुनै व्यक्तिलाई ज्ञानवान भन्न मिल्दैन किनकि ऊसँग त्यो कुराको मात्र अनुभव हुन्छ र त्यसले त्यस बिषयमा कल्पना गरेर सपना देख्ने गर्दछ ।
भनिन्छ सफलताको सबैभन्दा मुख्य स्रोत भनेको अनुभव हो । अनुभव भनेको हाम्रा गल्तिहरूलाई दिइएको साधारण नाम हो । कूनै पनि काममा दक्ष हुनु भन्दा पहिले कुनै पनि व्यक्ति असफलता भएरै सफलता तिर गएको हुन्छ । भनिन्छ, जो भुइमा सुत्दछ ऊ खाटबाट खस्न सक्दैन । किनकि ऊ पहिले नै त्यहाँबाट खस्छु कि भन्ने डरले तर्सी रहेको हुन्छ अनि उसले खाटमा सुत्ने प्रयास नै गर्दैन प्रयास गर्नुनै जीवन हो ।
कुनै काममा हात हाल्ने बित्तिक्कै सफल होला कोही व्यक्ति तर ऊ एक दिन यसरी असफल हुन्छ उसलाई मर्नु र बाच्नु हुन्छ किनकि उ सँग अनुभव हुदैँन । त्यसैले कुनै पनि काममा नुभव बिना सफल होइदैँनन् । जस्ले असफलका सीमा जान्दछ र ऊ त्यहीबाट अघि बढदछ ।
तर्कले हामीलाई क बाट ख सम्म लैजान सक्छ, जव कि कल्पनाको सहारामा हामी जहाँ पनि पुग्न सक्छौ । त्यसैले सपना यस्तो देख्ने गर्नुहोस कि चन्द्रमा छुने चन्द्रमामा नपुगेपनि पृथ्बीभन्दा माथि नै पुगिन्छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस