Techie IT
गृहपृष्ठविचार / ब्लगसमाजवादी सत्ता टिकाउने जिम्मेवारी:- सुमनसिंह पौडेल

समाजवादी सत्ता टिकाउने जिम्मेवारी:- सुमनसिंह पौडेल




सन १८४८ मा कार्लमार्क्स द्वारा प्रतिपादित कम्युनिस्ट घोसणा पत्र जारी भए पछि आदिम साम्यवाद देखि यता बिश्व भरमा स्थापित सत्ताको चरित्र र त्यांहा भित्रका बर्ग संघर्षहरु सूत्रबद्ध भए । बिश्वमा निरन्तर हुँदै आएका संघर्षहरु सत्ताको दमनात्मक रबैया र सोसणहरु बिरुद्ध केन्द्रित छन । सामन्तबाद, पुंजिबाद हुँदै दलाल निगम पुंजिबादको नेतृत्व साम्राज्यवाद र उत्तर साम्राज्यबादले गरिरंहदा बिश्वमा देखापरेका विभिन्न प्रकृतिका संकटको समाधानको बिसयमा गम्भीर बहस हरु उठेका छन । र ती सबै बहसहरु मार्क्सबाद द्वारा समाज बिज्ञानमा उत्घाटित तथ्य र मर्महरु का वरिपरि छन । मार्क्सले एतिहासिक द्वन्द्वात्मक भौतिकबादमा उजागर गरेको तथ्य अनुसार निरन्तर नंयाले पुरानोलाइ निसेध गर्दै आइरहेको छ जस अनुसार सामन्तबादलाई पुंजिवादले निसेध गर्यो र पुंजिबादको चरम संकट आजको बिश्वमा स्पस्ट रुपमा पुंजिको अतिकेन्दृकरण हुंदै निगम पुंजिबादमा आइपुगेको छ । जसकारण आजको बिश्वसंकटको समाधान अब समाजबाद हुँदै साम्यवाद हुने कुरामा अब कुनै बिबाद छैन ।

सत्ताको अनेकौं प्रताडना ब्यहोर्दै यहाँ सम्म आइपुगेको नेपाली समाजले आफ्ना दुखहरुबाट मुक्ती पांउनको निम्ति समाजबाद साम्यवादले प्रदान गर्ने उन्मुक्त सभ्यता र समाज निर्माणको निम्ति संघर्ष गर्दै आइरहेको छ । र त्यो संघर्स नेपाली समाजको सपना संग जिवन्त जोडिएको छ । २० औं सताब्दिको वरिपरि विश्व भरि ज्वालामुखी भएर उदाएको समाजबादी जागरण र साम्यवादको उत्कट सपनाहरु लाई पच्छ्याउने क्रममा २००६ सालमा पुस्पलाल श्रेस्ठ लगायतको नेपाली युवाहरुको समुहले नेपाल कम्युनिस्ट पार्टिको स्थापना गरे । के नेपाल जस्तो अर्ध उपनिवेशिक र राणा शाहिहरुको जगजगिमा कम्युनिस्ट पार्टी निर्माण गर्न सम्भव छ ? भन्ने प्रश्नको ब्यवहारिक जवाफ पार्टी स्थापनाको पहलले दिएको थियो ।

कम्युनिस्ट पार्टी स्थापना भएपछीको अर्को महत्वपुर्ण सवाल थियो के नेपाल जस्तो सामन्तबाद र उपनिवेश भएको मुलुकमा जनताले ससस्त्र युद्ध गर्न सम्भव छ ? भन्ने प्रश्नको जवाफ ०२८ सालको झापा काण्डले दियो । ख्रुस्चोव र माओत्सेतुङको लाइनमा बिभाजित विश्व कम्युनिस्ट आन्दोलन( महा बिवाद ) को प्रभावको बिचबाट नौलो जनवादी खेमामा ध्रुवीकृत युवाहरुले सामन्तको ६ इन्च गिराउ भनेर टाउको काटेका थिए झापामा । हो ब्यवाहारिक रुपमा नेपालमा जनताले ससस्त्र क्रान्ती गर्न सम्भव छ भन्ने बिसय पुष्टि भयो । त्यसबेलाको प्रमुख अन्तर्बिरोध किसान र सामन्त जमिन्दारहरुको बिचमा थियो । यधपी प्रकारान्तरमा तत्कालिन नेतृत्व जनताको बहुदलिय जनवाद भन्ने संसोधनबादी आत्मासमर्पणमा पतन भएर गयो ।

नेपालमा अर्को प्रश्न बांकी थियो के नेपाल जस्तो सामन्ती राजतन्त्र र भारतिय उपनिवेश रहेको मुलुकमा ससस्त्र युद्ध गरेर जनतालाइ जिताउन सम्भव छ भन्ने कांचो र पेचिलो सवालको जवाफ ०५२ साल बाट सुरु गरिएको महान जनयुद्धले दियो । ७ बुंदे प्रतिबद्धता पत्र जारी गरेर लंडाइको निर्मम प्रकृयामा सामेल तत्कालिन नेकपा माओबादी पार्टिले दिर्घ कालिन जनयुद्धको कार्य्दिशालाइ लिएर ८०५ भुभागमा जनसत्ता चलाएर देखायो । जनयुद्धको महान प्रकृयाको जागरणमा हज्जारौको बलिदानी भयो त्यो बलिदानी पुर्ण आन्दोलनको जगमा उठेको विशाल जागरण ६२र०६३ को जन आन्दोलनमा अभिब्यक्त भयो । अन्तत राजाहरुको लामो बिरासत तोड्दै जनताहरु बिजयी बने । यसबाट के कुरा पुष्टि भयो भने नेपालमा सत्ताको जस्तो सुकै फोर्टि्फिकेसन तोड्न सम्भव छ अर्थात जित्न सम्भव छ । तर दुर्भाग्य तत्कालिन नेतृत्व प्रचण्डहरुमा देखा परेको आत्मा सुरक्षावाद, आत्मा समर्पणवाद र परिस्थिती अनुकुल कार्य्दिशा निर्माणको अभावमा प्राप्त उपलब्धी तिनै क्षुब्द, निकृस्ट, संसदबादी कुकुरहरुलाइ सुम्पन पुगे ।

यहाँ सम्म आइपुगेको नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली जनताहरुको बिचमा अझ उग्र रुपमा बिकसित समाजबाद साम्यवाद प्राप्तिको चाहना, सपनाको बिचमा आजको दिनमा बिकसित सामाजिक अन्तर्बिरोध, अन्यरास्टृय परिस्थिती, लगायत तमाम बिसयहरुको गहिरो अध्यन गरेर एकीकृत जनक्रान्तीको कार्य्दिशा अगाडि आएको छ । र यसको अध्यता महासचिब बिप्लब र नेताहरु हुनु हुन्छ । के अब यो परिस्थितिमा यो आन्दोलन र कार्य्दिशाले कुनै प्रश्नको जवाफ दिनु पर्दैन त ? सवालहरु छन, तर त्यसो होइन यसले जवाफ दिनु पर्छ । र त्यो जवाफ भनेको पार्टिलाइ कसरी जिवन्त राख्ने ? बदलिदो परिस्थिती अनुसार कार्य्दिशाहरुको बिकास कसरी गर्ने ? र प्राप्त उपलब्धीलाई कसरी बचाउने ? अर्थात समाजबाद लाई कसरी टिकाउने भन्ने प्रश्नको जवाफ अब नेपाल कम्युनिस्ट पार्टिले दिनु पर्ने छ ।

नेपाल कम्युनिस्ट पार्टिको स्थापना ०७१ साल मंसिर ८ गते भयो । पार्टी महासचिब क. बिप्लबले प्रस्तुत गर्नु भएको एकिकृत जनक्रान्तिको कार्य्दिशा अगाडि आयो । जस कारण संसदिय सत्ता संकटको बिचमा अगाडि आएको कार्य्दिशाको बिसयमा आलोचना र समर्थन सहित प्रसस्तै बहस संचालन भए । बिकसित राजनितिक घटनाक्रम संगै सत्ता संकटको बिकल्प बैज्ञानिक समाजबाद आवश्यक छ भन्ने बिसय आजको नेपाली समाजमा जबरजस्त स्थापित हुन पुगेको छ । नेपाल कम्युनिस्ट पार्टिले अगाडिको सारेको बैज्ञानिक समाजबादी( साम्यवादी सत्ता स्थापनाको पहल सुरु भैसकेको छ र यो कसरी सम्भव छ भन्ने प्रश्नको जवाफ प्राप्त गर्न एकीकृत जनक्रान्ती भनेको के हो भनेर बुझ्न आवश्यक छ । अति केन्द्रीकरण, अति उत्पादन, बजारको बिस्तार र एकाधिकार आजको साम्राज्यवादको मुलभुत बिसेसता हो । आर्थिक, राजनितिक , सांस्कृतिक, प्राबिधिक क्षेत्रमा भएको बिकास र प्रभावको कारण यसको प्रभाव बिश्वभर पर्न गएको छ । आजको दुनियामा साम्राज्यवाद भुमण्डलिकृत चरित्रको बन्न गएको छ । साम्राज्यवादको प्रभाव र संम्बन्धबाट कुनै पनि देश अछुतो रहने स्थिती छैन त्यसकारण जुनकुनै मुलुकमा गरिने क्रान्तिले साम्राज्यवादी अंतर्विरोधलाई पनि समाधान गर्नु पर्ने हुन्छ ।
एकीकृत जनक्रान्तीको अध्यता महासचिब बिप्लब लेख्नु हुन्छ “साम्राज्यवादले यान्त्रिक प्रविधि र सूचना प्रविधिको विकासलाई युद्ध प्रविधिमा बदल्दै सबैमा एकाधिकार कायम गरिरहेको छ । भू–उपग्रह, कम्प्युटर, टेलिभिजन, मोबाइल सेलोफोन सबैलाई एकलौटी नियन्त्रण गरिरहेको छ । साम्राज्यवादका उल्लिखित नयाँ विशेषताहरूले गर्दा देशहरूको चरित्र स्वतन्त्र देशमा हुनेखालको नभई साम्राज्यवादसँग गुजुल्टिएर रहेको अवस्थामा छ । यो हिजोको जस्तो सिधा उपनिवेश पनि छैन । स्वतन्त्र र स्वाधीन पनि छैन । यसले देशहरूलाई परम्परागत सामन्तवादमा पनि रहन दिएको छैन, स्वतन्त्र प्रगतिशील पुँजीवादमा पनि विकास हुन दिएको छैन । यसको चरित्र नयाँ छ जसलाई हामीले दलाल पुँजीवादी राज्य व्यवस्था भनेर संश्लेषण गरेका छौँ ।“
त्यसकारण नेपालमा पुंजिवादी देशको जस्तो शहरी ससस्त्र बिद्रोह पनि पनि होइन र सामन्तबादी देशको जस्तो लामो दिर्घकालिन जनयुद्ध पनि होइन यहाँ बिकसित बिसेसताको आधारमा मध्यकालिन चरित्रको बिद्रोह हुने छ । नेपाल हिजोको जस्तो सामन्तबादी पनि नरहेको र पुंजिबादीपनि नरहेको तर दुवै स्थितिमा पाइने मिश्रित बिसेसता रहेको परिस्थितिमा नेपालि बिसेसताहरुको संस्लेसण यसरी गरिएको छ ।
१. गांउ र शहर २. राजनितिक सत्तामा दलाल पुंजिवाद ३.मध्यम बर्ग ४. भौगोलिक रुपले सानो र भुपरिबेस्ठित ५. जातिय क्षेत्रीय, लैङ्गिक उत्पिडन ( जस्ता बिसेसता हरु आजको नेपालमा बिधमान रहेका छन ।
जस अनुसार साम्राज्यवादी भुमण्डलिकृत संम्बन्धको कारण दलाल सत्ताको रुपमा रहेको नेपाली संसदिय सत्ता पुंजिवादी मुलुकको जस्तो उधोग, मजदुर र शहरमा हुने बिसेसता जस्तोपनि नरहेको र सामन्तवादी मुलुकमा जस्तो किसान, जमिन र सोही प्रकारको उत्पादन सम्बन्ध मात्र रहेको अवस्थामा पनि नभएको हुनाले यहाँ शहरी जनबिद्रोह जस्तो वा दिर्घकालिन जनयुद्ध जस्तो प्रकारले क्रान्ती हुन नसक्ने बरु बिकसित नेपाली बिसेसताहरुको आधारमा एकीकृत जनक्रान्ती हुने छ । र हामिले यसलाइ एकीकृत जनक्रान्ती भनेर बुझ्नु पर्ने र सोको मर्मलाई आत्मासातिकरण गरेर कार्य्दिशा अनुसार तय भएका योजनाहरुलाइ दृढतापुर्वक कार्यन्वयन गर्नु पर्ने हुन्छ ।
विश्व साम्राज्यबादको प्रभाव र त्यसको भुमण्डलिकृत चरित्र र नेपालमा बिधमान दलाल राज्य सत्ताको बस्तुबादी संस्लेसण सहित नेपाल जस्तो मुलुकमा गरिने क्रान्तिको योजना र त्यसको कार्यन्वयनको बिचबाट नेपालमा हामिले दलाल राज्य सत्तालाइ खारेज गरेर बैज्ञानिक समाजबादी सत्ता स्थापना गर्न सम्भव छ भन्ने निस्कर्स त छंदै छ तर नेपाली कम्युनिस्ट आन्दोलनलाई बस्तुवादी ढङ्गले सिंहवालोकन गर्दा प्राप्त सत्तालाइ कसरी टिकाउने र ब्यवस्थित गरेर संचालन गर्ने भन्ने मात्र मुख्य बिसय छ ।
यो बिसयमा विश्व कम्युनिस्ट आन्दोलनबाट हांसिल शैदान्तिक ज्ञान दुंनियालाइ बुझ्ने, बदल्ने जो थियो त्यति मात्र होइन बदलेको दुंनियाको रक्षा र बिकासलाई दरो संग पकड्ने बिसय एकीकृत जनक्रान्तिको भावभुमी बाट उत्घाटित प्रमुख बिसय हो । यसर्थ हामिले स्थापना गर्ने बैज्ञानिक समाजबादी सत्तालाइ बचाउन र टिकाउन उल्लेखित मर्मलाइ हाम्रो समाजबादी कम्युनिस्ट संस्कृती भित्र सेकेण्ड सेकेण्ड रक्त संचार गराइरहनु पर्दछ । दोस्रो बिसय मुल दृस्टिकोणको सुरक्षाको कुरा( जसरी जनयुद्धले स्थापित नेतृत्वमा आत्मा सुरक्षावाद, बैचारिक मतभेद, अंतर्विरोध र पलायनता जस्ता समस्याहरु देखा परे जसको कारण सिंङ्गो जनयुद्ध पछि पर्न गयो अब त्यस्तो हुन्न र त्यो हुन दिनु हुंदैन भन्ने बिसय पनि प्रमुख बिसय हो । यो संन्धर्भमा द्वन्दबादी दर्शन शास्त्रमा व्याख्या भए अनुसार बिपरित हरु बिचको एकता र संघर्ष भन्ने थियो यो नियमलाई नेपाली कम्युनिस्ट आन्दोलनमा सार्वभौम लागू गर्ने भुल भएको थियो । यो समस्याको सैद्धान्तिक हल खोज्ने बिसय समाज बिज्ञानमा महान खोज भएको छ । जसमा भनिएको छ बिपरित हरु बिचको एकता र संघर्सको बिसयलाइ सार्वभौम ढङ्गले आत्मासात गरिनु हुन्न । पार्टिको हकमा यो सजातिय बिचको एकता र बिजातिय बिचको संघर्ष हो । यसको अर्थ पार्टी भनेको निश्चित उदेश्य प्राप्ती को निम्ति तयार गरिएको साधन हो , त्यांहा एक मत, एक बिचार र दृष्टिकोण रहन्छ त्यसकारण पार्टिमा फरक दृष्टिकोण र बिचार रहनु बिज्ञान सम्मत हुंदैन भनिएको छ । यसले के देखांउछ भने एकीकृत जनक्रान्ती लाई लागू गर्ने, स्थापित समाजबादी सत्ता संचालनमा मुल दृष्टिकोण लाई तोडमोड हुन नदिने बिसय रहेको छ । जसकारण समाजबादी सत्ता टिकाउने संन्धर्भमा यो बिसय महत्वपुर्ण रहेको छ ।

महासचिब क. बिप्लवका पछिल्ला कृतिहरु बैज्ञानिक समाजबाद, महापतन, दस्तावेजहरु र विभिन्न समयमा लेखिएका रचनाहरु लाई गहिरो गरि अनुभूति गर्दा लाग्छ बिश्व कम्युनिस्ट आन्दोलनको बिजय र पराजयहरु र समाजबादी सत्ताहरुको बिघटनलाइ अत्यन्तै सुक्ष्म ढङ्गले खोज, अनुसन्धान गरिएको छ । र विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनमा भएका कमजोरीहरु अब दोहोरिने छैनन मात्र होइन परिस्थितिको ठोस विश्लेषण गर्दै कार्य्दिशालाई थप उचाइमा उठांउदै नेपालबाट समाजबादी सत्ताको झण्डा फहराएर बिश्वलाइ साम्यवादमा प्रबेशको आह्वान गर्ने परिस्थिती निर्माण हुने छ । त्यसकारण नेपाली कम्युनिस्ट आन्दोलन संग रहेका तमाम सवाल जवाफको बिचबाट हामी स गौरव भन्न सक्छौ नेपालमा दलाल संसदिय राज्य सत्तालाइ मिल्काउने बिसय ठूलो कुरा छैन यो बिसय नेपालमा प्रयोग भैसकेको छ, र सम्भव साबित भैसकेको बिसय हो । बरु अब हामिले स्थापना गर्ने समाजबादि सत्ताको प्रयोग, रक्षा र बिकासमा हामी आम कार्यकर्ता चनाखो हुनु पर्ने छ ।


क्याटेगोरी : विचार / ब्लग


प्रतिक्रिया दिनुहोस