Techie IT
गृहपृष्ठसमाचारबट्टारमा निःशुल्क आँखा शिविर, ३ सय भन्दा वढीले लिए सेवा

बट्टारमा निःशुल्क आँखा शिविर, ३ सय भन्दा वढीले लिए सेवा


बट्टारमा आयोजित आँखा शिविरबाट ३ सय भन्दा वढीले सेवा लिएका छन् । दृष्टि आइ केयर सेन्टर बट्टारको समन्वयमा लिओ क्लव अफ नुवाकोट क्यापिटलले आयोजना गरेको आँखा शिविरमा ३ सय ६ जनाको आँखा परिक्षण गरिएको हो । शिविरमा मोतियाविन्दु, जलविन्दु, आँखा सुख्खा हुने, रातो हुने लगायतको समस्या भएकाहरुको आँखा परिक्षण गर्ने सुविधा रहेको थियो ।

शिविरमा सहभागी मध्ये २० जना बालबालिकालाई चस्मा वितरण गरिएको लिओ क्लव अफ नुवाकोट क्यापिटलका अध्यक्ष निरु श्रेष्ठले जानकारी दिनुभएको छ । त्यस्तै शिविरमा सहभागी भएका १० जनाको आँखामा मोतियाविन्दु देखिएको छ ।

केही दिन पछि जिल्लामा नै हुने शल्यक्रिया सहितको आँखा शिविरमा उनीहरुलाई सहभागी गराइने श्रेष्ठले जानकारी दिनुभएको छ । यस्तै दृष्टि आँखा केन्द्र बट्टारका डाक्टर राजेश कुमार चौरासियाले शिविरमा सहभागीहरुको आँखा परिक्षण गर्नुभएको थियो ।

समुदायमा आँखाको समस्यामा परेका नागरिकहरु धेरै रहेको पाइएकोले शिविर मार्फत उनीहरुको आँखामा भएको समस्याको पहिचान गरिएको कार्यक्रम संयोजक एवं लिओ क्लव अफ नुवाकोट क्यापिटलका उपाध्यक्ष समेत रहनुभएकी नर्स शुष्मा पाण्डेले बताउनुभएको छ । लिओ क्लव अफ नुवाकोट क्यापिटल एक सामाजिक सस्था रहेको र समयसमयमा विभिन्न स्थानमा गई सामाजिक कार्य गर्दै आइरहेको पाण्डेले बताउनुभएको छ । उहाँको अनुसार केही समय अघि मधुमेह परिक्षण लगायत युवा लक्षित कार्यक्रमहरु संचालन गरेको थियो ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस