दोस्रो अन्तर मा वि स्तरीय फुटसल प्रतियोगिता सुरु
पिपलटार फुटबल क्लवको आयोजनामा दोस्रो अन्तर मा वि स्तरिय फुटसल प्रतियोगिता सुरु भएको छ । सुक्रबार र शनिवार संचालन हुने प्रतियोगितामा बिदुर नगरपालिका भित्रका १० बिद्यालयले भाग लिएका छन् ।
जस्मा १२ टिम पुरुषको र ४ टिम महिलाको रहेको छ । प्रतियोगिताको उद्घाटन गर्दै बिदुरनगरपालिकाका मेयर राजनलाल श्रेष्ठले बिदुर नगरपालिका बिकाशको गतिमा अगाडि बढिरहदा खेलकुद लाई साथमानै लिएर अगाडी बढेको बताउनु भयो । मेयर श्रेष्ठले हरेक किसिमका खेल र खेलाडी लाई नगरपालिकाले प्रोत्साहान गरिरहेको र आगामी दिनमा सो कार्यलाई निरन्तरता दिने बताउनु भयो । बाईट मेयर यस्तै कार्यक्रममा बिदुर नगरपालिकाका उपमेयर प्रभा बोगटीले खेल क्षेत्रलाई बढावा दिन सके बिदुर
नगरपालिका सहित पुरै देस लाईनै सकारात्मक टेवा पुग्ने बताउनु भयो । उपमेयर बोगटीले खेल क्षेत्रबढावा दिन बिदुर नगरपालिका सधै अग्रसर रहने बताउनु भयो । उपमेयर बोगटी कार्यक्रममा पिपलटार फुटबल क्लवका अध्यक्ष उद्दव पनेरुले खेलक्षेत्र लाई अगाडी बढाउन यस्ता कार्यक्रमहरु निकै महत्वपुर्ण रहने बताउनु भयो । पनेरुले खेल क्षेत्रलाई राज्यले आश्वासन मात्र नभै सहभागिता बढाउनु पर्ने बताउनु भयो । उद्धव पनेरु प्रतियोगितामा प्रथम हुने पुरुष समुह लाई १५ हजार र महिला समुह लाई १० हजार साथै दोसा्रे हुने समुह लाई ७ र ५ हजार रहेको छ । यस्तै उत्कृष्ट खेलाडी हरु लाई समेत पुरस्कारको ब्यवस्था रहेको छ ।
क्याटेगोरी : भिडियो, समाचार
प्रतिक्रिया दिनुहोस