Techie IT
गृहपृष्ठसमाचारअदालतद्धारा दोषी ठहर गरिएका ४३ जना फरार प्रतिवादीहरु पक्राउ

अदालतद्धारा दोषी ठहर गरिएका ४३ जना फरार प्रतिवादीहरु पक्राउ


नुवाकोटमा बिभिन्न समयमा अपराध कार्यमा संलग्न भई अदालतद्धारा दोषी ठहर गरिएका ४३ जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले दण्डहिनतालाई निरुत्साहित पार्ने र अदालती फैसला कार्यान्वयन गर्ने उद्देश्यले फरार रहेका प्रतिवादी विरुद्ध खोजतलास अभियानलाई तीब्र बनाएसंगै फागुण यताको तीन महिनामा नुवाकोटमा बिभिन्न ३३ मुद्दाकागरी ३४ बर्ष भन्दाबढी कैद सजाय तोकिएका ४३ जना फरार प्रतिवादीलाई पक्राउगरी जिल्ला कारागार चलान गरिएको हो ।
add
पक्राउ पर्नेहरुमा लागु औषध, चेक अनादर, सरकारी छाप तथा दस्तखत किर्ते लगायत जवर्जस्ती करणी, मानव बेचबिखन र कर्तव्य ज्यान मुद्दाका ४३ जना फरार प्रतिवादी रहेका छन् । प्रहरीद्धारा बिभिन्न समयमा अपराधमा कार्यमा संलग्नभई फरार रहेका बिरुद्ध अदालतमा दायर मुद्दामा जिल्ला अदालत नुवाकोटले दोषी करार गरिएपनि उनीहरु लामोसमय देखि फरार रहँदै आएका थिए । प्रहरीद्धारा खोजतलासको क्रममा बिभिन्न स्रोतबाट प्राप्त जानकारी तथा सूचनाको आधारमा लोकेशन ट्याकगरी फरार रहेकाहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा अधिकांश कैद सजाँयका साथै जरिवाना तोकिएकाहरु समेत रहेका छन् । यसरी पक्राउ पर्नेहरुमा लागु औषधतर्फ न्यनतम १३ दिन, मानव बेचविखनमा ९ बर्ष ७ महिना र कर्तव्य ज्यान मुद्दाका अधिकतम् १९ बर्ष ९ महिनासम्मको कैद सजाय मुकरर गरिएकाहरु रहेकाछन् । नीजहरुलाई प्रक्राउ पश्चात् नुवाकोट जिल्ला कारागार चलान गरिएको छ ।
साथै पक्राउ परेकाहरु उपर १४ लाख ५७ रुपैयाँ जरिवाना अशुल उपरको समेत आदेश गरिएको थियो । जसमा सरकारी कागजात किर्तेमा न्युनतम् ५० रुपैयाँ र बैंकिड० कसुरमा १३ लाख ८७ हजार रुपैया जरिवाना तोकिएको थियो ।
साथै, जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार जिल्लामा हाल बिभिन्न मुद्दामा दोषी करार ८ सय जना फरार प्रतिवादीहरु कानूनी दायराबाट बाहिरै रहेको जनाएको छ । दोषी करार भएकाहरुलाई कानूनी दायरामा ल्याउँने उद्देश्यले खोजतलास अभियानलाई तीब्रता पारिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।



क्याटेगोरी : समाचार
ट्याग : #प्रतिवादीहरु पक्राउ, #प्रहरी

प्रतिक्रिया दिनुहोस