रौतहटको ईशनाथ-७ मा कांग्रेसका खलिक विजयी
रौतहटको इशनाथ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका निर्वाचन आयोगले जनाएको छ ।
आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका खलिकले छ सय २७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का शेख अनवारले पाँच सय ७५ मत प्राप्त गरे ।
आयोगका अनुसार नेकपा (एकीकृत समाजवादी) का सदरे आलमले चार सय ५२ मत प्राप्त गर्दा जनमत पार्टीका शेख जमिरुल हकले एक सय ३५ मत प्राप्त गरे ।
साथै नेकपा (माओवादी केन्द्र) का शेख अमिरुलले २४, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदन शाहले १४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शेख असराजले छ र जनता समाजवादी पार्टी नेपालका शेख अब्दुल अहदले चार मत प्राप्त गरेका छन् । साथै स्वतन्त्र उम्मेदवारहरू शेख अंजर हुसेनले दुई, शेख अबुजैरले एक र शेख नजिरुलले एक मत पाए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया दिनुहोस