Techie IT
गृहपृष्ठसमाचारशिक्षा क्षेत्र विकाशको लागी राजनितिक हस्तक्षेप हट्नु पर्ने / मन्त्री भट्टराई

शिक्षा क्षेत्र विकाशको लागी राजनितिक हस्तक्षेप हट्नु पर्ने / मन्त्री भट्टराई


शिक्षा क्षेत्र विकाशको लागी राजनिति आवश्यक भएपनी राजनिती बाट हस्ताक्षेप हुन नहुने शिक्षा ,बिज्ञान तथा प्रबिधी मन्त्री बिद्या भट्टराईले बताउनु भयो ।
प्रेस चौतारी नुवाकोटको आयोजनामा भएको पत्रकार सम्मेलन कार्यक्रममा मन्त्री भट्टराईले शिक्षा र शिक्षकलाई लिएर राजनितिक दल स्पष्ट हुनु पर्ने बताउनु भयो ।


शिक्षकहरु आफ्नो पेशामा संबेदनसिल नभए सम्म शिक्षामा सुधार नहुने मन्त्री भट्टराईले बताउनु भएको छ ।

उहाले बिद्यालय चल्नको लागी राजनितिक दल र शिक्षकले मात्र हैन अभिभावकले पनि बनाएको योजनामा बिद्यालय सन्चालन हुन आवश्यक रहेको बताउदै शिक्षालाई बहुआयामिक क्षेत्रसङ जोड्नुपर्ने बताउनु भयो ।


कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य बिन्दा ढुंगाना , संविधानसभा सदस्य एव नेकपा एमाले रसुवाका अध्यक्ष जनार्दन ढकाल, शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोट र रसुवाका प्रमुखहरु कुमार बस्नेत र दिपेस सिलवाल , बिदुर नगरकमिटिका कार्यवाहक अध्यक्ष अनुजकुमार श्रेष्ठ लगाएतको उपस्तिथि रहेको थियो ।


क्भलत


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस