सहयोगको लागी
नुवाकोट, विदुर न पा ८, क्यौरिनी, नुवाकोटका दिपेन्द्र अधिकारी विगत नौ महिना देखि किड्नी रोगको समस्याबाट ग्रसित हुनुहुन्छ। गएको असारमा मुटुको जटिल शल्यक्रिया समेत गर्नुपरेकोले उहाँ झनै समस्यामा हुनु हुन्छ । कमजोर आर्थिक अवस्थाको कारण थप उपचार गर्न कठिनाइ उत्पन्न भएको छ ।
किड्नी रोगका बिरामी अधिकारीको परिवारका अनुसार छिट्टै किड्नी प्रत्यारोपण गर्ने तयारी भैरहेको तर आर्थिक समस्याका कारण अन्यौल उत्पन्न भएको छ। मनकारी दाताहरु संग सहयोग याचना गरेर भएपनि केही रकम जोहो गर्ने योजना रहेको अधिकारीका पत्नी सबिता रिमालले बताउनु भयो। अधिकारी भैरुम उच्च माध्यमिक विद्यालयका पूर्व विद्यार्थी तथा लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनका पूर्व कोषाध्यक्ष हुन्। अधिकारीको थप उपचारको लागि रकम सहयोग गर्नको लागि बैक खाता विवरण यस प्रकार रहेको छ। ईसेवा मार्फत पनि रकम सहयोग गर्न सकिने छ।
Bank : Global IME
A/C No. U707010012272
Name:- Sabita Rimal
Branch:- Baluwapati
ईसेवा:- 9841746117
क्याटेगोरी : बिबिध, समाज
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस