लिखु गाउपालिका वडा नम्बर २ मा डिप बोरिङको निर्माण सुरु
लिखु गाउपालिका वडा नम्बर २ मा खानेपानी उपलब्ध गराउनको लागी डिप बोरिङको निर्माण सुरु गरिएको छ ।
१५ लाख लगानीमा स्वच्छ खानेपानी उपलब्ध गराउनको लागी सोमबार बाट डिप बोरिङको निर्माण कार्य सुरु गरिएको हो । वडा भित्र रहेका नागरिकहरुलाई स्वच्छ खानेपानीको सहज आपुर्तिको लागी बोरिङको काम सुरु गरेको लिखु गाउपालिका वडा नं २ का वडा अध्यक्ष भिमबहादुर घलेले बताए । निर्माण सुरु भएको बोरिङबाट प्रति घण्टा १० हजारलिटर पानी आउने भौगर्भिक अध्यनले देखाएको छ । लिखु गाउपालिका वडा नं २ बगरबजारमा निर्माण भैरहेकोे बोरिङको पानीलाई ६ महिना भित्र उपभोक्ताको घरमा पु¥याउने लक्ष्य रहेको वडा अध्यक्ष घलेले बताए ।
खानेपानीको चरम अभाब झेल्दै आएका वडाका नागरिकहरुलाई सहज रुपले खानेपानी सेवा उपलब्ध गराउनको लागी वडाले बोरिङको सहायता लिएको हो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस