त्रिशुली अस्पताललाई संगम बचत तथा ऋण सहकारीबाट आईसियु बेड र मनिटर प्रदान ।
बट्टारमा अबस्थित संगम बचत तथा ऋण सहकारी संस्थाले त्रिशुली अस्पताललाई ईलेक्ट्रिक सिस्टमको आईसियु बेड र मनिटर उपलब्ध गराएको छ ।
सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत ईलेक्ट्रिक सिस्टमको आईसियु बेड २ थान उपलब्ध गराएको हो । कोरोनाभाईरसको विषम परिस्थितिमा संगम सहकारीले सामाजिक उतरदायित्व वोध गरि नुवाकोट, रसुवा र धादिङको नागरिकहरुले वढि सेवा लिईरहेकोे त्रिशूली अस्पताललाई सामग्री उपलब्ध गराएको संस्थाका कोषाध्यक्ष दिनेश कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
हाल जापानमा रहनुभएका विदुर नगरपालिका वडा नम्बर ९ का नवराज वस्नेतका अग्रसरतामा आंसिक आर्थिक सहयोग प्राप्तगरि संगम सहकारीको आर्थिक सहयोगमा २ थान ईलेक्ट्रिक सिस्टमको आईसियु बेड अस्पताललाई हस्तान्तरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ । संस्थाका पदाधिकारीहरु र सल्लाहकारहरुको उपस्थितिमा संस्थाका अध्यक्ष नारायण श्रेष्ठ र विदुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष शनि चित्रकारले अस्पतालका म्यानेजर रिकेश रानालाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएको २ वटा आईसियु बेड र मनिटरको मूल्य करिव ६ लाख रुपैयाँ बराबरको रहेको संस्थाका कोषाध्यक्ष दिनेश कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
उक्त सामग्रीको सहयोगमा अस्पतालमा अहिलेको महामारीमा सुविधा प्रदान गर्न सहयोग हुनुका साथै हाल ६ आईसियु र ४ भेन्टिलेटर गरी १० बेड रहेकोमा सहकारीकाले गरेको सहयोग पश्चात कोभिड उपचारको लागि आईसियु बेड १२ पुगेको छ । सहकारीले यसअघि पनि बिरामी बोक्न आवश्यक पर्ने स्ट्रेचर र पानी शुद्धिकरण गर्ने उपकरणहरु अस्पताललाई उपलब्ध गराएको थियो । गतवर्ष विदुर नगरपालिकाको कोरोना राहतकोषमा ५५ हजार ५ सय ५५ रुपैया सहयोग गरेको थियो । यसका साथै जिल्ला सहकारी संघ र नुवाकोट वचत तथा ऋण सहकारी संघ, नुवाकोटको राहतकोष खातामा समेत सहयोग गरेको छ । सहकारीका अवधारणा, सिद्धान्त, सहकारीका मूल्य मान्यता र सहकारी ऐन नियमावलीलाई आत्मसाथ गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद, सांस्कृतिक, सामाजिक तथा विभिन्न क्षेत्रहरुमा कार्य गर्दै आईरहेको संस्थाका व्यवस्थापक अजयकुमार थापाले जानकारी दिनुभएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस