वेलकाेटगढी नगरपालिका-१२ मा नेकपा एसकाे वडा कमिटी भेला सम्पन्न
उपेन्द्र अधिकारीकाे संयाेजकमा ४५ सदस्यिय वडा कमिट चयन गरेकाे नेकपा एसका सचिवालय सदस्य तथा साेहि वडा इन्चार्ज उप्रेन्द्र खनालले जानकारी दिनुभएकाे हाे। खनालका अनुसार सह-संयाेजकमा पुरुषाेत्तम वाग्ले (रक्तीम) र सागर अधिकारी रहेका छन् भने उपाध्यक्षमा गाेमा खनाल,मान बहादुर राई,पिताम्वर डाेटेल र सहदेव राई रहेका छन् ।
नुवाकोट- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादि नुवाकाेटले जिल्लाभरी संगठन विस्तार अभियानलाई तिव्रता दिदै वेलकाेटगढी नगरपालिका-१२ मा आज वडा कमिटी गठन कार्यक्रम सम्पन्न गरेकाे छ।
वेलकाेटगढि नगरपालिका-१२ स्थित चण्डी डाँडामा संगठन विस्तार अभियान अन्तर्गत आज उपेन्द्र अधिकारीकाे संयाेजकमा ४५ सदस्यिय वडा कमिट चयन गरेकाे नेकपा एसका सचिवालय सदस्य तथा साेहि वडा इन्चार्ज उप्रेन्द्र खनालले जानकारी दिनुभएकाे हाे। खनालका अनुसार सह-संयाेजकमा पुरुषाेत्तम वाग्ले (रक्तीम) र सागर अधिकारी रहेका छन् भने उपाध्यक्षमा गाेमा खनाल,मान बहादुर राई,पिताम्वर डाेटेल र सहदेव राई रहेका छन् । त्यसैगरी सचिवमा रामेश्वर अधिकारी,सह-सचिवमा बविला नेपाली र काेषाध्यक्षमा माधव खनाल रहेकाे उहाँले जानकारी दिनु भयाे। आजकाे वडा भेलाले सल्लाहकार समिति समेत गठन गरेकाे छ। सल्लाहकार कमिटीमा शंकर खतिवडाकाे संयाेजकमा सात सदस्यहरु चयन गरिएकाे नवगठित वडा कमिटीका संयाेजक उपेन्द्र अधिकारीले जानकारी दिनुभएकाे हाे।
समाजवादी पार्टी वेलकाेटगढीका नेता तथा १२ नम्वर नवगठित वडा कमिटीका उपाध्यक्ष पिताम्वर डाेटेलकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे। नेकपा एसका नुवाकोटका जिल्ला अध्यक्ष गाेबिन्द नेपालीको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा आफना मन्तव्य राख्दै अध्यक्ष नेपालीले समाजका आमनागरिकहरु र समाजलाई नैतिकरुपमा अनुशासित र मर्यादित बनाउने उदेश्य समाजवादी पार्टीकाे रहेकाे जानकारी दिदै युवाहरुकाे नयाँ साेच अनि नयाँ विचारलाई समेट्दै समाजवादी यात्रामा सम्पूर्ण नेपाली जनता लाग्न आव्हान गर्नुभएकाे थियाे।
कार्यक्रममा नेकपा एस विदेश विभाग प्रमुख डा शंकर खतिवडा,नेकपा एस वागमति प्रदेश कमिटि सदस्य राजेश थापा,युवासंघ नेपाल केन्द्रीय उपमहासचिव राेशन थापा,युवासंघ नेपाल स्थाई कमिटि सदस्य रमेश कडेल, नेकपा एस नुवाकाेटका सचिवालय सदस्यहरु प्रकाश नेपाल ,नारायण प्रसाद नेपाल,स्थानिय नेताहरु राम गाेपाल सिलवाल, नारायण नेपाल (जम्दार) ईश्वर पुडासैनी, जीवन लामिछाने,युवा संघ वेलकाेटगढी नगरपालिकाका सह-इन्चार्ज सागर अधिकारी,जनसांस्कृतिक मञ्च केन्द्रीय सदस्य हरिजंग पाण्डे लगायत वडाका स्थानियहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे थियाे।
क्याटेगोरी : समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस