Techie IT
गृहपृष्ठसमाचारकृषि क्षेत्र लाई बढावा दिन सरकारले आवश्यक सहयोग गर्ने :प्रधानमन्त्रि देउवा

कृषि क्षेत्र लाई बढावा दिन सरकारले आवश्यक सहयोग गर्ने :प्रधानमन्त्रि देउवा


नुवाकोटमा ब्यवसायिक रुपमा कृषि र पशुपालनमा बिकाश गरी आर्थीक बिकाश लाई उच्च बनाउने सम्भावना रहेको प्रधानमन्त्रि शेरबहादुर देउवाले बताउनु भयो ।

सोमबार नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गनुहुँदै प्रधानमन्त्री देउवाले अहिले पनि तरकारी लगायत खाद्यान्नको सामाग्रीहरु भारत बाटनै मगाउनु पर्ने बाध्यता रहेकोले नुवाकोट संगै अन्य जिल्लामा पनि कृषि र पशुपालनमा बढावा दिन सरकारले आवश्यक सहयोग गर्ने बताउनु भएको छ ।

नागरिकको नजिकको सरकार स्थानीय सरकार भएकोले पनि आम नागरिकमा सुशासनको प्रत्याभूति स्थानिय सरकारले गराउन सक्नुपर्ने समेत उहाँले बताउनुभयो । मुलुकको आधुनिकीकरण, सेवा, पूर्वाधार विकासका लागि योजनाबद्ध आवास, बाटो, घाटो, प्राकृतिक स्रोत लगायत गाउपालिका व्यवस्थित हुनुपर्ने उहाँले जोड दिनु भएको छ ।

उहाले फरक प्रसगमां सत्तामा हुँदा अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अघि बढाउनेहरुले अहिले विरोध गर्नुको अर्थ नरहेको बताउनुभएको छ । देउवाले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संसदमा पेश भएको प्रस्ताव नै अहिले पारित भएको बताउनुभयो । उहाँले नेकपा (एमाले)क सांसद् भीम रावलप्रति असन्तुष्टि पोख्दै सत्तामा हुँदा एमसीसी अघि बढाउनेहरुले अहिले विरोध गर्नुको अर्थ नरहेको बताउनुभयोे ।प्रधानमन्त्रि देउवाले किस्पाङ गाउपालिकाकाको प्रशासकिय भवन संगै नुवाकोटकै तादि गाउपालिकाको प्रशासकिय भवन समेत उद्घाटन गर्नु भएको छ ।




क्याटेगोरी : समाचार
ट्याग : #hot, #Hot100

प्रतिक्रिया दिनुहोस