Techie IT
गृहपृष्ठसमाचारजिल्ला खेलकुद विकास समितिको अध्यक्ष विजय गुरुङले पदभार ग्रहण गरे

जिल्ला खेलकुद विकास समितिको अध्यक्ष विजय गुरुङले पदभार ग्रहण गरे


नुवाकोट जिल्ला खेलकुद विकास समितिको अध्यक्ष विजय गुरुङले पदभार ग्रहण  गरेका छन् ।

जिल्लामा विभिन्न विधाका खेलकुद सम्बद्ध सङ्घ संस्थालाई एकीकृत गरी कार्यालय सञ्चालन गर्न पहल गरिने बताए । पूर्वखेलाडी र पदक विजेता खेलाडीहरुको अभिलेखीकरणलाई प्राथमिकतासाथ कार्य गरिने बताए ।गरेका छन् ।

शुक्रबार एक कार्यक्रमकाबीच बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाको उपस्थितिमा गुरुङले कोलेनी पुगेर कार्यालयको पदभार ग्रहण गरेका हुन् ।

गुरुङले खेलकुदका खेलाडीहरु, सरोकारवालासँगको सहकार्यमा नुवाकोट जिल्लाको खेलकुद विकासमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।




क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस