अस्पताल तन्दुरुस्त बनाउन दिनरात खट्छु / अध्यक्ष बुढाथोकी
त्रिशूली अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्ष उपेन्द्र बुढाथोकीले पदभार ग्रहण गरेका छन् ।
शुक्रबार एक कार्यक्रमकाबीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा बुढाथोकीले पदभार ग्रहण गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष बुढाथोकीले अस्पतालको तन्दुरुस्त बनाउन दिनरात खट्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अस्पताल जागिर गर्ने थलो नभएर सेवा गर्ने थलोको रुपमा लिन अनुरोध गरेका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस