Techie IT
गृहपृष्ठसमाचारनेकपा एमाले बिदुर नगर कमिटिले गर्यो प्रतिक चिन्ह सार्वजनिक

नेकपा एमाले बिदुर नगर कमिटिले गर्यो प्रतिक चिन्ह सार्वजनिक


नेपाल कम्युनिष्ट पार्टी एमाले विदुर नगर कमिटीले दोस्रो अधिवेशनको प्रतिक चिन्ह सोमबार सार्वजनिक गरेको छ ।

विदुरमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेकी केन्द्रीय सदस्य विन्दा ढुंगानाले प्रतिक चिन्ह सार्वजनिक गर्नुभएको हो ।


प्रतिक चिन्ह सार्वजनिक गर्दै केन्द्रिय सदस्य ढुंगानाले चुनावले पार्टीको गलत सन्देश जाने बताउदै सर्वसम्मत अधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिनु भएको छ ।
प्रतिक चिन्ह सार्वजनिक कार्यक्रममा केन्द्रिय स्कुल बिभाग सदस्य रामशरण प्याकुरेल, प्रदेश कमिटी सदस्य प्रलाद प्याकुरेल लगाएतको उपस्थिती रहेको थियो ।

 

समग्र विदुर नगरपालिका झल्कने प्रतिकमा नुवाकोट दरबार, घण्टाघर, उत्तरगयाधाम, गंगटेपार्क, दुधेला, पृथ्वीनारायण शाहको शालिकलगायत नेपालको झण्डा अङ्कित रहेको नगर कमिटीका अध्यक्ष अनुजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ।
बिदुरनगर अधिवेशन यहि माघ २९ र ३० गते बट्टारमा हुने नगर कमिटीले जनाएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस