Techie IT
गृहपृष्ठसमाचारलिखुमा २ शय जनालाई २४ हप्ताको बित्तीय साक्षरता कक्षा सञ्चालन

लिखुमा २ शय जनालाई २४ हप्ताको बित्तीय साक्षरता कक्षा सञ्चालन


नुवाकोटको लिखु गाउँपालिकामा आप्रवासी परिवारलाई सहभागी गराएर २४ हप्ताको बित्तीय साक्षरता कार्यक्रम कक्षा सञ्चालन गरिएको छ । नेपाल सरकार र स्वीस सरकारबीचको दुई पक्षीय सम्झौताअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गाउँपालिकाको नेतृत्वमा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम सामी अन्तर्गत वित्तीय साक्षरता कक्षा वार्ड नं १ बाह्रविसे र वार्ड नं २ को खानीगाउँमा जम्मा ७१ जना वैदेशिक रोजगारीमा रहेका परिवार को सदस्यहरुलाई समूह बनाई सञ्चालन गरिएको हो ।

add

बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उदेश्यले वैदेसिक रोजगारीमा रहेका, वैदेशिक रोजगारीमा गएर आएका र बैदेशिक रोजगारमा जान लागेका व्यक्तिका परिवारका सदस्यलाई सहभागी गराएर बित्तीय साक्षरता कक्षाका साथमा मनोसामजिक परामर्श कक्षा सञ्चालन गरिएको लिखु गाउँपालिकास्थित सामीको वित्तीय साक्षरता प्रशिक्षक दीपेन्द्र लामिछानेले बताएको। सामीले वैदेशिक रोजगारमा संलग्न लिखु गाउँपालिका १ बाह्रविसे मा संचालित राधा कृष्ण वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा समुहमा आवद्ध ३१ जना र लिखु गाउँपालिका –२ मा संचालित समुन्द्रदेवि वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा मा ३७जाना गरी दुई समुहमा आवद्ध ६८ जनालाई सहभागी गराएर बित्तीय साक्षरता कक्षा तथा मनोसामजिक परामर्श कक्षा सञ्चालन गरेको जनाएको छ ।

गाउँपालिकाका सबै ६ वडामा सामी कार्यक्रमले काम गरिरहेको भए पनि यो गत वर्ष चै हालसम्म दुई वडामा मात्र वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरिएको हो । ‘वैदेशिक रोजगारीबाट आएको पैसालाई सही ठाउँमा सदुपयोग गर्ने, पैसाले पैसा कमाउन सिकाउने, आम्दानी र खर्चको लेखाजोखा राख्ने, अनावश्यक खर्च कम गर्ने, बचत गर्ने बानीको बिकास गर्ने, व्यवस्थित परिवार निर्माण गरि भबिष्यमा खुसी र सुखी रहन प्रोत्साहित गर्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको हो,’ निरौलाले भनिन्, ‘यस्तै वैदेशिक रोजगारीका कारणले निम्तिएका घरेलु हिंसा न्यून गर्ने, बालबालिकाको भबिष्यबारे सचेत गराउने, महिलामाथि हुने लाञ्छना र भेदभाव अन्त्य गर्ने, परिवार व्यवस्थापनलगायतका सेसन समेटिएको कक्षा सञ्चालन गरिएको छ ।’ देखिँदै तालिमको प्रभाव बित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षाको २४ हप्ता पुरा गरेका अधिकांश सहभागीको दिनचर्यमा परिवर्तन देखिन थालेका छन् । पहिला अरुको घरमा सागसव्जी मागेर वा किनेर खाने स्थानीय वित्तीय साक्षरता कक्षाको तालिममा सहभागी भएपछि आफै तरकारी खेती गर्न थालेका दीपेन्द्र लामिछाने ले बताउनु भयो

कतिपयले आफुले उत्पादन गरेका तरकारी बिक्री गरेर आम्दानी लिन थालेका छन् । गाउँघरमा बिदेशबाट हात परेको पैसालाई बैंक तथा वित्तीय संस्थामा बचत गर्ने बानीको बिकास भएको छ । श्रीमानले विदेशमा दुःख गरेर पठाएको पैसालाई घर सम्हालेर बसेकी श्रीमतीले सानातिना ब्याबसायमा लगानी गर्न थालेका छन् । ‘कतिपयले बाख्रा र बंगुर पालन गर्न थालेका छन् । दैनिक खर्च र आम्दानीको हिसाव राख्न थालेका छन्,’ दिपेन्द्र लामिछाने ले भन्नुहुन्छ, ‘खर्चलाई कम गरी आम्दानी बढाउन थालेका छन् । आफै आत्मनिर्भर बन्ने साहस गर्न थालेका छन् ।वैदेशिक रोजगारीमा गएका सदस्य हरु सधैं भरीको लागि काम न हुने र वैदेशिक रोजगारी बाट पठाएको पैसा लाई बचत मा वृद्धि गराई व्यवसाय सञ्चालन गर्ने कक्षा को सहभागीहरू ले बताउनु भएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस