क्षेत्रपाल मा.बि नुवाकोटकैै नमुना मा.बि
क्षेत्रपाल मा.बि नुवाकोटकैै नमुना मा.बि रहेको पुर्व अर्थमन्त्रि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामशरण महतले बताए ।
क्षेत्रपाल मा.बि लिखु ४ चौघडाको ४६ औ बार्षिकउत्सब तथा छात्रबृत्ति बितरण कार्यक्रमको उद्घाटन गर्दै पुर्व अर्थमन्त्रि महतले नुवाकोटको उत्कृट बिद्यालय क्षेत्रपालमा मा.बि रहेकोले यसलाई अझै उत्कृट बनाउन सबै लाग्नु पर्ने बताए । उनले फरक प्रसंगमा बिकाश निर्माण गर्न सबै एक भएर लागे मात्र सम्भव हुने बताए । उनले नुवाकोट क्षेत्र नं १ लगाएत पुरै नुवाकोटको बिकाश गर्न आफु मरिमेटेको बताए ।
यस्तै कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापती जगदिश्वर नरसिंह के.सीले शिक्षकहरु राजनितीमा होमिनाले सामुदायिक बिद्यालयहरुको शिक्षाको गुणस्तर खस्केको बताए । उनले निर्बाचित जनप्रतिनिधि हरुले शिक्षा क्षेत्रलाई बढि जोड दिनु पर्ने बताए ।
यस्तै कांग्रेस महासमिति सदस्य रमेशकुमार महतले स्कुलमा छिटै स्वास्थ्य शिबिर संचालन गराउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
बार्षिक उत्सबको अबसरमा २०७५ सालमा एस ई ई मा उत्कृष्ट नतिजा ल्याउने ६ जना लाई नगद सहित सम्मान गरिएको छ । साथै पुर्व प्रधानाध्यापक तथा पुर्व ब्यवस्थापन समितिका पदाधिकारीहरु लाई समेत सम्मान गरिएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस