काठामडौ माहानगरपालिकाको ४५ औं कार्यपालिका बैठक सम्पन्न
काठामडौ माहानगरपालिकाको ४५ औं कार्यपालिका बैठक सम्पन्न भएको छ ।
महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न बैठक कोरोना नियन्त्रणका लागि वडामा पठाइएको बजेट, वडाबाट भएका काम, राहत वितरणका लागि संकलित विवरण, ¥यापिड डाइग्नोष्टिक परीक्षण, राहत वितरण, निःशुल्क भोजन व्यवस्थापनलगायतका बिषयमा बैठक केन्द्रीत रहेको थियो ।
बैठकका अध्यक्ष तथा महानगरका प्रमुख शाक्यले — अहिलेसम्ममा महानगरका ६८ हजार ६शय १७ जनालाई राहत स्वरुप खाद्यान्न दिइसकिएको बताए । उनले गाउँ फर्कनेहरु खान नपाएर भन्दा अन्य कारणले फर्किएका हुन सक्ने बताए । खान छैन भन्ने १९ हजार ७ शय २३ जनालाई वडाबाट निःशुल्क भोजनको व्यवस्था गरिएको छ । लकडाउनका अवधिमा उपचार गर्न अस्पताल जाने ३ हजार १शय ९५ जना बिरामीलाई अस्पताल ल्याउने घर पु¥याउनेकाम समेत माहानगरपालिकाले गरेको बताए । नेपाल एम्बुलेन्स सेवाको १ शय २ बाट २ हजार ६ शय ८० जनाले र एम्बुलेन्स चालक संघबाट ५ शय १५ जनाले सेवा लिएका छन् । यसमध्ये पनि १ शय २ बाट १ हजार ५शय३३ जनालाई दिनमा र ८ शय ४५ जनालाई रातको समयमा सेवा दिइयो । यीमध्ये १७६ जना अति विपन्न, कोभिड भाइरसको परीक्षण गर्न जान्छौं भन्ने १शय२१ र प्रसुति सेवाका लागि जाने ५ जना गरी ३शय२ जनालाई निःशुल्क सेवा दिईएको हो ।
बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले — आन्तरिक समन्वय मजवुत भएकोले राहत वितरण सहज भएको बताउँदै यसलाई थप सुदृढ बनाउँदै लाजु पर्नेमा जोड दिएका थिए । अहिले प्राप्त भएका बिववरणलाई अद्यावधिक गरेर सहरी समाज व्यवस्थापनमा उपयोग गरौं, भन्ने उपप्रमुखको जोड थियो ।
कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण कोषबाट ठूला वडा, मझौला र साना वडालाई निकासा पठाइएको क्रमशः १५ लाख, १० लाख र ५ लाख रुपैयाँलाई बैठकले अनुमोदन गरेको छ । त्यसैगरी फोहोर व्यवस्थापनका लागि प्रयोग हुँदै आएको ककनी गाउँपालिकाकाका प्रभावित वडाका राहतका लागि प्रदान गरिएको १५ लाख रुपैयाँ र धुनिवेँसी नगरपालिकाकाको वडा १ का लागि पठाइएको ३ लाख रुपैयाँ बैठकले अनुमोदन गरेको छ ।
यससँगै सामाजिक परिचालकहरुको करार म्याद असार मसान्तसम्म थप गरी उनीहरुलाई बैशाख १ गतेबाट लागु हुने गरी मासिक २४ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिएको छ । बैठकले बसन्तपुर क्षेत्रमा भएका कान्ति ईश्वरी राज्यलक्ष्मी र कन्या माद्यमिक बिद्यालयलाई स्थानान्तरण गर्ने र सिसिटिभि क्यामरा जडान गर्न नेपाल प्रहरीसँग भएको सम्झौताबमोजिम भुक्तानी गर्नुपर्ने बाँकी रकम भुक्तानी गर्ने निर्णय गरेको छ ।
बैठकमा वडा ४ का अध्यक्ष मोहन बिष्ट, ५ का अध्यक्ष रमेश डंगोल, ७ का अध्यक्ष शुद्धकुमार डंगोल, १० का अध्यक्ष रामकुमार के. सी., ११ का अध्यक्ष हीरालाल तण्डुकार, १२ का अध्यक्ष बिकास डंगोल, २३ का अध्यक्ष मचाराजा महर्जन, २५ का अध्यक्ष नीलकाजी शाक्यm ३० का अध्यक्ष दलबहादुर कार्की र कार्यपालिका सदस्य प्रेम पुजारीले कोरोना बिरुद्धको संघर्षमा वडा समितिले भोगेका चुनौती, राहत वितरण व्यवस्थापनका समस्या र महानगरले अब अबलम्बन गर्नुपर्ने दिशामा बिषयमा धारणा राखेका थिए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस