नुवाकोटको लिखुमा लकडाउन थप कडाइ
नुवाकोटको लिखु गाउँपालिकामा लकडाउन थप कडाई गरिएकोे छ । शुक्रबार एक सूचना जारी गर्दै गाउँपालिकाले कोभीड(१९ को उच्च जोखीम न्यूनीकरणका लागि थप कडाइ गरेको बताईएको छ ।
जिल्लास्थित संकट व्यवस्थापन केन्द्रको निर्णयलाई महत्त्व दिदै गाउँपालिकाले पालीका क्षेत्रभित्र अनावश्यक हुलहुज्जत तथा जमघट गर्न नपाउने निर्णय गरेको छ । गाउँपालिकाले निश्चित समय तोकेर आफ्नो ब्यापार व्यवसाय संचालन गर्न समेत अनुरोध गरेको छ ।
गाउँपालीकाले आफ्नो क्षेत्रभित्र अत्यावश्यक खाद्य पसल बिहानको ६ बजेदेखि १० बजेसम्म र वेलुका ४ वजेखि ७ वजेसम्म खोल्न दिइने भनेको छ।गाउँपालिकाद्वारा जारी सुचनामा अत्यावश्यक सेवामा सेवारत कर्मचारी,पत्रकार,एम्बुलेन्स संचालन बाहेक होटल, चियापसल, रेस्टुरा, कपडा पसल, भाडापसल लगायतका अन्य व्यवसायहरु लकडाउन अवधीभर सन्चालन गर्न नपाइने बताइएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस