Techie IT
गृहपृष्ठसमाचारलिखु गाउपालिका बाट बिद्यालयहरु लाई स्वास्थ्य सुरक्षा सामाग्री खरिद गर्न १० लाख

लिखु गाउपालिका बाट बिद्यालयहरु लाई स्वास्थ्य सुरक्षा सामाग्री खरिद गर्न १० लाख


नुवाकोटको लिखु गाउपालिकाको सामुदायिक तथा संस्थागत बिद्यालयहरुको स्वास्थ्य सामाग्रीको खरिदको जिम्मा लिखु गाउपालिकाले लिइएको छ । बिहिबार एक कार्यक्रमका बिच लिखु गाउपालिका भित्रका सामुदायिक तर्फ १७ ओटा र संस्थागत तर्फ ७ वटा बिद्यालयहरु लाई एकमुष्ट १० लाख रुपैया पालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले हस्तान्तरण गरेका छन् । जस्मा सामुदायिक बिद्यालयहरु लाई ६ लाख ६९ हजार ४ शय १५ र संस्थागत बिद्यालहरु लाई ३ लाख ३० हजार ५ शय ८५ रुपैया रहेको छ ।
रकम हस्तान्तरण गर्दै पालिकाका अध्यक्ष श्रेष्ठले गाउपालिकाको प्रमुख दायित्वनै शिक्षा र स्वास्थ्य रहेको बताए । सोही अनुरुप बिकाश निर्माणको रकम कटौती गरेर भएपनि बिद्यालयहरु लाई रकम उपलब्ध गराएको र यो रकम १ महिनाको लागी भएपनि यस कार्यक्रम लाई निरन्तरता दिने बताए । लिखु गाउपालिकाले सामुदायिक र संस्थागत बिद्यालय भनेर नछुट्टाई उक्त रकम उपलब्ध गराएको उनको भनाई छ ।
गाउपालिका बाट उपलब्ध गराईएको रकम सामुदायिक तर्फ बाट महेन्द्र महेशदेव माबि का प्रधानाध्यापक मदन श्रेष्ठ र संस्थागत तर्फ नथएस्टार इङ्गिलस बोर्डिङ स्कुलका प्रधानाध्यापक तोयानाथ पोखरेलले बुझेका थिए । चेक लिदै प्रधानाध्यापक श्रेष्ठले उक्त रकमले १ महिना मात्र पुग्ने भएकोले बाकी महिनामा पनि रकम उपलब्ध गराउन आग्रह गरेका छन् । साथै गाउपालिकाले दिएको रकम बिधार्थीको हक हितको लागी मात्र प्रयोग हुने प्रत्तिबद्धता ब्यक्त गरे ।
यस्तै संस्थागत बिद्यालयको तर्फ बाट नर्थ स्टार ई बो स्कुलका प्रधानाध्यापक तोयानाथ पोखरेलले संस्थागत बिद्यालहरुको पनी अभिभावक भएको महशुस भएको बताए । उनले जिल्लामानै नधएको नमुना कार्य आफ्नो पालिकामा भए संगै थप काम गर्ने उर्जा मिलेको बताए ।
यस्तै लिखु गाउपालिकाका स्वास्थ्य संयोजक भिम रोक्काले गाउपालिका बाट प्राप्त भएको रकम बाट गुणस्तिरिय सामान खरिद गर्न आग्रह गरे । उनले शिक्षक तथा बिद्यार्थी हरुमा कुनै पनि स्वास्थ्य समस्या परे लिखु गाउपालिकाक स्वास्थ्य शाखा २४ घण्टानै नै सेवामा तत्पर रहेको बताए ।
बिद्यालयहरु लाई उपलब्ध गराईएको रकम बाट बिद्यालयहरुले बिद्यार्थी संख्याको आधारमा पानी ट्याङकी,थर्मल गन,मास्क लगाएतका स्वास्थ्य सुरक्षा सामाग्री खरिद गर्नु पर्ने छ ।
लामो समय देखि बन्द रहेको बिद्यालयहरु लाई सुचारु गर्नको लागी बिद्यालयको माग पत्र अनुसार उक्त रकम उपलब्ध गराईएको हो ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस