नुवाकोटमा कोरोनबाट मृत्यु हुनेको संख्या दुई पुग्यो
नुवाकोटमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका–९ खिन्चेतका ७७ वर्षीय मंगली मिजार रहेका छन् ।
त्रिशुली अस्पतालका मेडिकल सुपरिन्टन्डेण्ट डा. दिपेन्द्र पाण्डेका अनुसार बैशाख १० गते शुक्रबारबाट जनरल वार्डमा भर्ना भएकी बिरामीलाई स्वास प्रस्वास प्रक्रियामा जटिल समस्या आए पछि ICU मा सारिएको थियो। सुक्रबारबाट कृतिम स्वास प्रस्वास प्रणाली मार्फत उपचार भैरहेको बिरामीको सोमबार मृत्यु भएको डा पान्डेले जानकारी दिनु भयो ।
यो सहित नुवाकोटमा कोरोनबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस