Techie IT
गृहपृष्ठसमाचारजनस्तरमा सहयोग पुर्याउदै रुडेक नेपाल

जनस्तरमा सहयोग पुर्याउदै रुडेक नेपाल


कोरोना भाइरसले सिर्जना गरेको यस विषम परिस्थितिमा रुडेक नेपालले नुवाकोट जिल्लाका विभिन्न स्थानहरुमा कोविड लक्षित कार्यक्रमहरु गरिरहेको छ ।

रुडेक नेपालको अगुवाइमा जोर्डन स्थित यु. एन. तथा बिभिन्न अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुमा कार्यरत नेपालीहरुको सहयोगमा रुडेक नेपालले पन्चकन्या गाउँपालिकाद्वारा संचालित आइसोलेसन सेन्टरको क्षमता अभिबृद्धि र सुधारको लागि ५ बेड र ५ वटा निबुलाइजर यसैगरी तादि गाउँपालिकाद्वारा संचालित आइसोलेसन सेन्टरको क्षमता अभिबृद्धि र सुधारको लागि ६ बेड र ५ वटा अक्सिमिटर र पन्चकन्या गाउँ पालिकाका सबै वडाहरुमा एक-एक हजार मास्क समेत पन्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङलाई जिल्ला समन्वय समिति नुवाकोट प्रमुख सन्तमान तामाङको उपस्थितिमा रुडेक नेपालका अध्यक्ष मिन कुमार के सीले हस्तान्तरण गरेको कुरा रुडेक नेपाल द्वारा संचालित शैक्षिक छात्रवृति कार्यक्रमका व्यवस्थापक रमेश जंग कुँवरले जानकारी दिनुभयो । रुडेक नेपालले यस भन्दा पहिले पनि कोरोनाको पहिलो लहरमा एस.सी.ए.आई अस्ट्रेलियाको सहयोगमा नुवाकोट जिल्लाको दुप्चेश्वोर गाउँ पालिकामा अक्सिजन सहितको ८ वटा बेड क्षमता भएको आइसोलेशन केन्द्रको स्थापना गरेको थियो । अहिले अस्पतालका बेडहरु कोविड बिरामीहरुले भरिभराउ भैरहेको अवस्था र अक्सिजनको चरम अभाव भोगिरको अवस्थामा दुप्चेश्वोरवासी जनताहरुले केहि राहत महसुस गर्दै उक्त आइसोलेशन केन्द्रको भरपुर प्रयोग गरिरहेका छन् ।

यसरि जनस्तरमा गरिएका कामहरुले पक्कै पनि कोरोना रोकथामको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफु बिस्वस्त रहेको हर जिसस प्रमुख सन्तमान तामांगले बताउनु भयो साथै अहिलेको यस विसम परिस्थितिमा अन्य संघ संस्थाहरुलाई पनि काँधमा काँध मिलाएर अगाडी बढ्नको लागि आग्रह गर्नु भयो । रुडेक नेपालले २०५४ साल देखि समुदाय विकासको लागि अति नै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । अहिले पनि यस संस्थाले एस.सी.ए.आई अस्ट्रेलियाको सहयोगमा नुवाकोटवासी बिपन्न परिवारका ४०० बिद्यार्थीहरुलाई शैक्षिक छात्रवृति प्रदान गर्नुको साथै उनीहरुको परिवारलाई जिविकोपार्जनमुखी क्रियाकलापहरुको माध्ययमबाट आत्मनिर्भर बनाइरहेको छ भने रुम टु रिडको सहयोगमा नुवाकोट जिल्लाका ४८ वटा विद्यालयहरुमा उक्त विद्यालयको शैक्षिक गुणस्तर बढाउनको लागि पुस्तकालय स्थापना गर्नुको साथै शिक्षकहरुको लागि तालिम दिने काम गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस