बागमती प्रदेशले त्रिशुली अस्पताल संगै नुवाकोटको १२ ओटै पालिका लाई स्वास्थ्य सामाग्री बितरण
बागमती प्रदेश सरकारले नुवाकोटको १२ ओटा पालिका र त्रिशुली अस्पताल लाई स्वास्थ्य सामाग्री बितरण गरेको छ ।
स्वास्थ्य सामाग्री बितरण गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि केशव पाण्डेले केहि दिन अघि प्रस्तुत भएको प्रदेशको बजेटमा नुवाकोटको त्रिशुली अस्पताल प्राथामिकतामा परेको र बागमती प्रदेशको ३ वटा आयूवेद अस्पताल मध्य नुवाकोटको पनि एउटा प्रथामिकतामा परेको बताए । साथै उनले कोभिडको अत्याधिक चाप बढे केही सामुदायिक अस्पताल लाईपनी प्रदेशले सहयोग गर्ने बताए ।
यस्तै कार्यक्रममा प्रदेशसभा सदस्य बद्री मैनालीले अग्रभागमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी लगाएत लाई थोरै भएपनि राहात पुगोस उनिहरु सुरक्षित रहुन भन्ने् उद्देश्यले स्वास्थ्य सामाग्री बितरण गरेको बताए ।
कार्यक्रममा उपस्थितहरु लाई जिल्ला स्वास्थ्य प्रमुख सागर घिमिरेले नुवाकोटमा कोभिडको अवस्था बारे जानकारी गराएका थिए । बागमती प्रदेशबाट बितरण गरिएको सामाग्रीहरुमा ,मास्क, पि पि ई ,एन्टिजेन लगाएतका सामाग्रीहरु रहेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस