बोधिसत्व बिहारको सहयोगमा अपाङ्ग तथा असाहय बालवालिकाहरुलाई खाद्यान्न सहयोग
ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं १० मा रहेको (एस ई आर सि) बोधिसत्व बिहारको सहयोगमा अपाङ्ग तथा असाहय बालवालिकाहरु लाई स्वास्थ्य तथा खाद्यान्न सामाग्री सहयोग गरिएको छ । किवानिज क्लब अफ कान्तिपूर काठमाण्डौ तथा किवानिज क्लब अफ काठमाण्डौ नेपालको बिशेष पहलमा अपाङ्ग तथा असाहय बालवालिकाहरु लाई झण्डै २ महिनालाई पुग्ने खाद्यान्न बोधिसत्व बिहारले हस्तान्तरण गरेको किवानिज क्लब अफ कान्तिपूर काठमाण्डौ अध्यक्ष राजनप्रसाद न्यौपानेले जानकारी दिए । हस्तान्तरण गरिएको सामाग्रीहरुमा २५ बोरा चामल, १२५ किलो दाल, १२५ किलो गेडागुडी, ५० लिटर खानेतेल, २५ क्यारेट अण्डा मसला, नून तथा स्वास्थ्य सामाग्रीहरु रहेको थियो । यस्तै अत्यन्त दुखी र खान को लागी नै समस्यामा रहेका रातोपुल ज्ञानेश्वरमा रहेका १० घर परिवार को लागी ५ बोरा चामल, २५ किलो दाल, २५ किलो गेडागुडी, १० लिटर खानेतेल, ५ क्यारेट अण्डा, नून तथा मसला हस्तान्तरण गरेको अध्यक्ष न्यौपानेले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस