Techie IT
गृहपृष्ठसमाचारउपाध्यक्ष शैक्षिक छात्रवृति कार्यक्रम”ले समेट्यो तारकेश्वरको ४११ जना बिद्यार्थीहरु लाई

उपाध्यक्ष शैक्षिक छात्रवृति कार्यक्रम”ले समेट्यो तारकेश्वरको ४११ जना बिद्यार्थीहरु लाई


 चालु आर्थिक वर्ष २०७७÷७८ मा “उपाध्यक्ष शैक्षिक छात्रवृति कार्यक्रम”ले तारकेश्वर गाउँपालिकाका ४ सय ११ जना विद्यार्थीहरुलाई समेटेको छ ।

गाउँपालिका भित्रका ३४ वटा विद्यालयमा अध्ययनरत आर्थिक स्थिति कमजोर भएका, आमावुवा गुमाएका विद्यार्थीहरुलाई यस कार्यक्रममा समेटिएको गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमनलले जानकारी दिनुभएको छ ।

विशेष गरी आर्थिक स्थिति कमजोर भएका, आमा वुवा गुमाएका तथा अन्य परिवारसँग आश्रित भएका विद्यार्थीहरु नियमित विद्यालय नआउने र विचमा नै विद्यालय छाड्ने प्रवृति बढेकोले उनीहरुलाई नियमित विद्यालय आउन प्रोत्साहन गर्नलाई गाउँपालिकाले “उपाध्यक्ष शैक्षिक छात्रवृति कार्यक्रम” चालु आर्थिक वर्षदेखि ल्याएको हो । उक्त कार्यक्रम अन्तर्गत रहेर ४ सय ११ जना विद्यार्थीहरुलाई नगद नै वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष रिमालले जानकारी दिनुभएको छ । चालु आर्थिक वर्षमा यस कार्यक्रम सञ्चालन गर्नलाई गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको थियो । विद्यार्थीको मागको आधारमा शैक्षिक सामाग्री दिने लक्ष्य रहेता पनि कोरोना भाइरसले सम्भव नभएको उपाध्यक्ष रिमालको भनाई छ ।

आगामी आर्थिक वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिइने उहाँले बताउनुभएको छ । लक्षित विद्यार्थीहरुको तथ्याङ्क सम्वन्धीत विद्यालयले गाउँपालिकालाई उपलव्ध गराएको थियो । यसै कार्यक्रम अन्तर्गत रहेर तारकेश्वर गाउँपालिका वडा नम्बर २ पिमलटार घर भई हाल स्नातक तेश्रो वर्षमा अध्ययनरत शालिकराम नेपाललाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ । दृष्टिविहिन नेपाललाई थप अध्ययनको लागि हौसला पदान गर्न यस कार्यक्रममा समेटिएको उपाध्यक्ष रिमालले बताउनुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस