कृष्णमाया लिलानाथ स्मृती पत्रकारिता पुरस्कार शक्तिमाया तामाङलाई
विदुर, कृष्णमाया लिलानाथ स्मृती पत्रकारिता पुरस्कार बि बि सी नेपाल सेवा नुवाकोट र रसुवा संवाददाता शक्तिमाया तामाङलाई प्रदान गरिएको छ ।
गत बर्षबाट शुरु गरिएको पुरस्कार उत्तरगया दैनिकको बार्षिकोत्सवको अबसरमा शुक्रवार प्रदान गरिएको हो । उत्तरगया दैनिकका सम्पादक तथा पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष शिव देबकोटाका माता पिताको नामको स्मृतीमा प्रदान गरिने पुरस्कार गत बर्ष रेडियो भैरवीका अध्यक्ष देवचन्द्र भट्टलाई प्रदान गरिएको थियो । पुरस्कारको राशी २५ हजार रहेको छ ।
उत्तरगया दैनिकको चौथो बर्ष प्रबेसको आयोजित कार्यक्रमको अबसरमा कृष्णमाया लिलानाथ स्मृती पत्रकारिता पुरस्कार आगामी बर्ष बाट प्रादेशिक हुनुको साथै पुरस्कार राशि ५० हजार हुने उत्तरगया दैनिकका सम्पादक तथा पत्रकार माहासंघ बाग्मती प्रदेसका अध्यक्ष देवकोटाले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस