Techie IT
गृहपृष्ठसमाचार२५ वर्षे दिर्घकालिक सोच र पञ्च वर्षे लक्ष्य निर्धारण गर्दै म्यागङ गाउपालिका

२५ वर्षे दिर्घकालिक सोच र पञ्च वर्षे लक्ष्य निर्धारण गर्दै म्यागङ गाउपालिका


म्यागङ गाउँपालिकाको प्रथम आवधिक योजना तर्जुमा दीर्घकालिन सोच निर्धारण सम्वन्धी २ दिने कार्यशाला गोेष्ठी सम्पन्न भएको छ ।
पूर्णिमा कार्यक्रम प्राविधिक सहयोगमा गाउँपालिकाले आयोजना गरेकोे उक्त गोष्ठी मार्फत गाउँपालिकाभित्रको सम्पूर्ण तथ्यांक संकलन गर्न र निति तथा कार्यक्रम बनाएर कार्यन्वयन गर्न सहज हुने अपेक्षा गरिएको छ । गाउँपालिकाको अध्यक्ष आशा तामाङको अध्यक्षतामा सम्पन्न उक्त गाष्ठी मार्फत २५ वर्षे दिर्घकालिक सोच र पञ्च वर्षे लक्ष्य निर्धारण गरिएको छ ।
दीर्घकालिन सोच तथा लक्ष्य निर्धारणले भौतिक विकास, मानवीय विकास, शिक्षा, स्वास्थ्यसँगै पालिकाभित्रका प्रत्येक परिवारको परिवार संख्या, आम्दानीको श्रोत, सामाजिक तथा धार्मिक रहनसहन, सास्कृतिक पक्ष, दैनिकी गुजारा गर्दा प्रयोग गरिने श्रोत साधन लगायत अभाव परिपूर्ति कसरी गर्ने लगायतका विषय छनौट गरेर समस्या सामाधानको बाटो पहिलाउन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको सोच र लक्ष निर्धारण समितिका संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष शान्ति लामाले बताउनुभएको छ ।
तादी, दुप्चेश्वर, शिवपुरीले यस अघि नै दीर्घकालिन सोच र लक्ष्य निर्धाण गरिसकेको छ भने सूर्यगढी, म्यागङ, तारकेश्वर र वेलकोटगढीले दीर्घकालिन सोच र लक्ष्य निर्धाणको क्रममा रहेको पूर्णिमा कार्यक्रमले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस