भैरबी माध्यमिक विद्यालयमा बित्तीय साक्षरता कार्यक्रम सञ्चालन ।
साङ्ग्रिला विकास वैङ्क लिमिटेड बट्टार शाखाले १७ औ बार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुलाई सहभागी गराई बित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
वैङ्कले बिदुर नगरपालिका वडा नम्बर २ मा रहेको भैरबी माध्यमिक विद्यालयमा बित्तीय साक्षरता कार्यक्रम गरेको हो । उक्त विद्यालयका करिव ६० जना बिध्यार्थीहरुलाई कार्यक्रममा सहभागी गराई बैंकको महत्व, बचतको महत्व र प्रभाकारिता लगायतको विषयमा बैंकका शाखा प्रमुख नवराज सुवेदीले जानकारी गराउनुभएको थियो । यस्तै कार्यक्रममा बट्टार शाखाका कर्जा बिभाग प्रमुख बिकाश दुलालले कर्जाको महत्व, आवस्यकता, रेमिट्यान्स, बिमा र नोटको जतन, डिजिटल वैङ्किङ बिषयमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर सञ्चालन गरिएको उक्त कार्यक्रमले विद्यार्थीहरुलाई लेखा तथा अर्थशास्त्र विषयमा पठनपाठन गर्न सहज बनाउन र अभिभावकलाई वैङ्कको महत्व र आवस्यकता बारे बुझाउन सहज हुने विश्वास लिइएको शाखा प्रमुुख नवराज सुवेदीले बताउनुभएको छ । आगामी दिनमा अन्य विद्यालयहरुमा पनि बित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिने शाखा प्रमुख सुवेदीले बताउनुभएको छ ।
कार्यक्रममा बिदुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाही, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष महेन्द्र लाल श्रेष्ठ, विद्यालयका निमित्त प्रधानाध्यापक दिवाकर रिमाल, बिदुर नगरपालिका सहकारी शाखाका प्रमुख पुष्कर शर्मा रिमाल लगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस