नुवाकोटमा एमालेलाइ साख जोगाउन सकस
नवाकोट । सरकारले संघीय संसद र प्रदेश सभाको निर्वाचनको मिति तोकि सकेको छ । सरकारले निर्वाचनको मिति तय गरेपछि जिल्लामा आगामी निर्वाचनमा ठूला राजनीतिक दलहरूका को को उम्मेदवार होलान् भनेर चर्चा परिचर्चा हनु थालेको छ । चुनावको मिति घोषणा भएसँगै जिल्लाका विभिन्न दलका नेता तथा कार्यकर्ताहरूले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
ठूला दलका ठूला नेताहरूले पुन अन्तिम पटक’ भन्दै उम्मेदवार बन्ने सुरसार देखिन थालेपछि पछिल्लो छिमलका नेताहरूको अनहार अध्याँरो हुन थालिसकेको छ । सरकारले सत्तासिन दलहरूबीच चुनावी तालमेल गर्ने निर्णयसँगै चुनावको मिति घोषणा भएको छ । चुनावी तालमेल भएको खण्डमा अहिले नुवाकोटमा नेकपा एमालेलाईसबैभन्दा कठीन हने पक्का भएको छ । २०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्दसँगको गठजोठले संघको दई र प्रदेशको चार निर्वाचन क्षेत्रका तीनएमालेको र तीन माओवादीले जित्न सफल भएको थियो । तर, उक्त निर्वाचनको गठबन्धनको दल नेकपा माओवादी केन्द्र नेपाली कांगेस सँग मिलेपछि एमालेलाई संघ र प्रदेशको निर्वाचन जित्न फलामको च्यराु सरह हने आंकलन गर्न थालिएको छ ।
सत्तासिन दलहरूबीच चुनावी गठबन्धनले अन्तिम रूप लिएमा नुवाकोटमा हाबी हुने भनेको नेपाली कांगेस र नेकपा माओवादी केन्द नै हुन् ।
संघ र प्रदेशको गरी ६ निर्वाचन क्षेत्रमा कांगेस तीन र माओवादी तीन क्षेत्र विभाजन गरी चुनावी गठबन्धनमा मैदानमा आएपछि त्यसलाई पछि पारेर निर्वाचन जित्नका ेलागि एमालेलाई सकस हने पक्का भएको छ । नेकपा एसको खासै उपस्थिती राम्रो नभएको नुवाकोटमा एसको केही मत पनि गठबन्धनको कारण एमाले इतरमै जाने भएकोले एमालेलाई आफ्नो साख जोगाउन हम्मे पर्ने भएको छ । ७४ को निर्वाचनमा माओवादी सँगको चुनावी तालमेलको कारण राम्रो मतसहित संघको एक र प्रदेशको दुई क्षेत्र जित्न सफल एमालेलाई आगामी निर्वाचनमा एक्लै निर्वाचनको मैदानमा उत्रन पर्ने भएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एमालेको चनावी तालमेल हुने अनुमानहरू बाहिरआइरहेको छ । तर, राप्रपाको फेरो समातेर पनि एमालेलाई चुनाव रूपी बैतरणी पार हुने संकेत देखिदैन ।
माओवादीले कांगेससँग तालमेल गर्ने भएकोले उसले पाएको सिट जोगाउन कठिन छैन । तर, अबको निर्वाचनमा एमाले एक्लै निर्वाचनको मैदानमा हुने भएकोले उसलाई भएको सिट समेत जोगाउन कठिन पर्ने भएको हो । गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट पनि नुवाकोटमा एमाले कमजोर सावित भईसकेको छ । पाँच वर्षमा संगठन सधारमा खासै छलाब मार्नु नसकेको एमालेमा स्थानीय निर्वाचन सकिएको ६ महिनापछि हने संघीय र प्रदेश निर्वाचनमा संगठन विस्तार र सदृढिकरणले उत्पातै बलियो बनाउँछ भन्ने
आधारहरू भरपर्दो देखिदैन ।स्थानीय तहको निर्वाचनलाई आधारमान्दा पनि एमाले स्थानीय तहको अघिल्लो निर्वाचनको तलनामा कमजोर भएको छ । विदुर, बेलकोटगढी र तारकेश्वरमा प्रमुख उपप्रमुख पदमा सत्तारुढ दलहरूले गठबन्धन गरेकोले एमाले कमजोर भएको भनिए पनि अन्य पालिका र वडाहरूमा पनि एमालेले पहिले पाएको सिट समेत गुमाउनुले एमाले विभाजित भएको कारण सांगठनिक रूपमा पनि एकपकारले भन्ने हो भने ध्वस्तै भएको प्रमाणित भएकोले यसलाई सुध्रार्न ६ महिना पर्याप्त हुँदैन । गत स्थानीय तहको निर्वाचनमा एमालेले विभाजनको असर राम्रै भोगेको छ । एमालेबाट विभाजित नेकपा एसले जिल्लामा एउटा निर्विरोध निर्वाचित वडासदस्य बाहेक अन्यत्र जित हासिल गर्न नसके पनि एमालेको उम्मेदवारलाई पराजित गराउन भने राम्रो भूमिका देखिएको हो । आगामी निर्वाचनमा पनि यही अवस्था रहने पक्का छ ।
स्थानीय तहको निर्वाचनमा चार पालिकामा माओवादीले गठबन्धन गरेको थियो । गठबन्धन नगरेको पालिकाहरूमा पनि राम्रो उपलब्धि हासिल गर्न सफल भएको कारण माओवादीको उपस्थिती जिल्लामा बलियो देखिएको हो । कांगेसले अवस्था खासै ्र नखस्किए पनि एमालेको अवस्था खस्किएको छ भने माओवादीको अवस्था बलियो भएको छ । माओवादी र कांगेस्र दई बलियो दल मिल्ने पक्का भई सकेको ु छ । यसै कमजोर एमाले, त्यसमाथि दुई बलिया दल मिलेपछि झनै कमजोर अवस्थामा पगेको छ । त्यसमाथि स्थानीय तह निर्वाचनमा खलेआम रूपमा आफ्नैु पार्टीको उम्मेदवार हराउन लाग्ने नेता कार्यकर्ताको संख्या वृद्दि भएको कारण पनि एमालेलाई ‘बाहिर बोक्रो, भित्र खोक्रो’ बनाउँदै लगेको स्वयम् एमालेकै कार्यकर्ताहरूले बताउन थालेका छन् ।
यो समाचारत्रिशुली खबरमा छापिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot 100, #Hot100
प्रतिक्रिया दिनुहोस