Techie IT
गृहपृष्ठसमाचारनयाँ नेतृत्व चयन गर्दै नुवाकोट निर्माण व्यवसायी संघ

नयाँ नेतृत्व चयन गर्दै नुवाकोट निर्माण व्यवसायी संघ


मुलुकको अर्थतन्त्रलाई प्रभावकारी र चलायमान बनाउने निर्माण पेशासंग सम्बन्धित नुवाकोटका निर्माण व्यावसायिहरु बार्षिक साधारण सभा तथा अधिवेशन मार्फत आफ्नो नेतृत्व चयनमा लागेका छन् ।

नुवाकोट निर्माण व्यवसायी संघसंग आबद्ध नुवाकोटका झण्डै तीनसय निर्माण व्यवसायीहरु १४ औं बार्षिक साधारण सभा तथा अधिवेशन मार्फत तीनबर्षे कार्यकालको लागि चुनावी प्रकृया मार्फत नयाँ नेतृत्व चयन तथा चुनावी प्रतिस्पर्धामा जुटेका हुन् ।

बिकास बजेट अर्थात पुँजीगत खर्च अन्तर्गत जिल्लामा भित्रिएका बिभिन्न योजनाका करोडौं रकमका बिकास निर्माण सम्बन्धी कामलाई निर्धारित म्याद तथा समय अगावै सम्पन्न गराउन निर्माण व्यवसायिको महत्वपूर्ण हात रहने गरेको छ । जसको कारण समयमै बिकास निर्माण कार्य सम्पन्न हुँदा समयमै पुँजीगत खर्च भई मुलुकको आर्थिक कृयाकलाप प्रभावकारी ढंगले चलायमान हुने गर्दछ ।

यद्यपी पछिल्ला दिनहरुमा जिल्लामा हुने यस्ता बिकास निर्माण कार्यमा व्यवसायिका लगानी तथा कार्य क्षमता अभावका कारण बिकास निर्माण कार्यमा ढिलाई हुँदा लक्ष्य अनुरुप पुँजीगत खर्च हुन सकेको छैन । कोष तथा लेखा नियन्त्रकको कर्यालय नुवाकोटको तथ्यांक अनुसार जिल्लामा भित्रिएका बार्षिक बिकास बटेज तथा पुँजीगत खर्च ५५र६० प्रतिशतमै खुम्चिने गरेको छ ।




क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस