पशुपतीनाथमा भक्तजनले चढाएको सामाग्रीको ७ बर्ष पछि बिक्रि खुल्ला गरियो ।
पशुपतिनाथ मन्दिर परिसरमा ७ वर्षपछि भक्तजनले चढाएका सामग्रीहरूको बिक्री तथा खरिद गर्न पाइने कक्ष खुला भएको छ । २०७२ को भूकम्पछि बन्द भएको बिक्री कक्ष कोजाग्रत पूर्णिमाको दिनदेखि पुनः सुरु भएको हो ।
मन्दिरमा चढाइएको सामग्रीहरू प्रसादको रुपमा भक्तजनहरूलाई सहुलियत दरमा बिक्री गरिने पशुपति विकास कोषले जनाएको छ । बिक्री कक्ष विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले उद्घाटन गरेका हुन् । बिक्री कक्ष मन्दिरको पश्चिम गेटको दक्षिणतर्फको पुरानो सप्तमि सत्तलसँगै रहेको कोषले प्रस्ट पारेको छ । बिहान ७ देखि साझ ७ सम्म खुला रहनेछ। पशुपति क्षेत्र विकास कोषले प्रकाशन गरेका विभिन्न धार्मिक तथा अन्य पुस्तकहरूसमेत बिक्रीमा राखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस