इजाजत प्राप्त हातहतियार बुझाउन स्थानीयलाई प्रशासनको अनुरोध
जिल्ला प्रशासन कार्यालय नुवाकोटले इजाजत प्राप्त हातहतियार बुझाउन स्थानीयलाई अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार प्रहरीमा बुझाउन स्थानीयसँग अनुरोध गर्नुभएको हो ।
गृह मन्त्रालयको निर्देशन अनुसार प्रशासनले जिल्लाभित्र रहेका सम्पूर्ण इजाजत प्राप्त हतियार आगामी कात्तिक ५ गतेभित्र नजिकको प्रहरी इकाईमा बुझाउन भनेको छ ।
साथै निर्वाचन सम्पन्न भएको एक हप्तापछि लगत कट्टा गरी फिर्ता गरिने समेत उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस