Techie IT
गृहपृष्ठसमाचारनुवाकोटका एमाले उम्मेदवारको प्राथमिकता विकास

नुवाकोटका एमाले उम्मेदवारको प्राथमिकता विकास


नेकपा एमालेको तर्फबाट नुवाकाट क्षेत्र नं १ का प्रतिनिधिसभा उम्मेदवार बद्री मैनालीले अवस्था बदल्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् । आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग नुवाकोटका एमालेका उम्मेदवारहरूको अन्तक्रिया कार्यक्रममा बोल्दै मैनालीले भने, ‘नेपाली मुल राजनीतिले विभिन्न काल खण्डमा गरेको बलिदान र योगदानले व्यवस्था त बदलियो तर अवस्था बदलिएन । अब बवस्था बदल्नका लागि नुवाकोट क्षेत्र नं १ मा उम्मेदवारी हो ।’

नुवाकोट जिल्ला अध्यक्षसमेत रहेका मैनालीले र बागमती सरकारको राज्यमन्त्री हुँदा ५० करोडभन्दा बढिको योजनाहरू सम्पन्न गर्न लागिएको बताए । ‘पार्टीको नीति, सिदान्त र घोषणापत्रअनुसार स्थानीय तह र जनतासमक्ष प्रस्तुत गर्ने गरी म निर्वाचनमा होमिएको छु,’ उनले भने । नुवकोटमा काभ्रेका केही पालिकादेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थपन गर्दै आए पनि त्यो वैज्ञानिक रुपमा गर्न नसकिएको उनले बताए । आफूले जिते वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गर्ने मैनालीको दाबी छ ।

कार्यक्रममा एमाले बागमती अध्यक्ष तथा नुवाकोट क्षेत्र नं २ प्रदेश क का उम्मेदवार केशव पाण्डेले विद्यालयलाई डिजटल मैत्री शिक्षा प्रदानसँगै आवश्यक भौतिक पूर्वाधारहरूको व्यवस्था एमालेको प्रदेश सरकार हुँदा सुरु गरिएको बताए । गठबन्धनको प्रदेश सरकार बनेपछि एमाले सरकारको पालमा अघि बढेका विकास आयोजनाको बजेट कटौती गरिएको उनले बताए ।

‘धेरै विकास योजनामा गठबन्धनको सरकार आएपछि बजेट नै पारिएन,’ उनले भने, ‘ सिन्धुली मरिन डाईभर्सन, मादीको वस्ती, चेपाङ वस्ती लगायतका ठाउँमा वस्ती व्यवस्थापनको काम एमालेकै पालमा सम्पन्न भएको हो ।’ उनले हरेक वडाबाट पालिकासम्म जोड्ने पक्कीबाटोको योजना एमालेले अघि सारेकाले एमालेको सरकार आएमा अधुरा योजना पूरा गर्ने बताए ।

कार्यक्रममा नुवाकोट १ क बाट प्रदेशसभा उम्मेदवार सुशील खड्काले आफ्नो क्षेत्रमा सामुदायिक विद्यालयको गुणस्तर सुधार्ने र दूध संकलन केन्द्र स्थापना गरी किसानको उत्पादको बजारीकारण गर्ने र कृषिमा अनुदानको व्यवस्था गर्ने बताए । प्रदेश ख का उम्मेदवार पूर्णलाल श्रेष्ठले सरकारको स्रोतले नभ्याइ दातृ निकायको सहयोग जुटाएर भएपनि डिजिटल विद्यालयको सुरुवात गर्ने बताए ।

शिलापत्र बाट साभार


क्याटेगोरी : समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस