डोलबहादुरको सहयोग पुर्णलाल श्रेष्ठलाई
नुवाकोटको क्षेत्र नम्बर १ प्रदेश ख मा स्वतन्त्र बाट उम्मेद्बारी दिएका डोलबाहादुर घलेले नेकपा एमालेका उमेदवार लाई सहयोग गर्ने भएका छन ।
नेकपा एमाले नुवाकोट काठमाडौ सम्पर्क मंचको आयोजनामा भएको दिपावली शुभकामना आदान प्रदान कार्यक्रममा घलेले नेकपा एमालेका बरिस्ठ उपाध्यक्ष इस्वर पोख्रेलको रहोबरमा नेकपा एमाले नुवाकोटका अध्यक्ष तथा क्षेत्र नम्वर १ का उमेदवार बद्री मैनालीलाई प्रेस बिज्ञप्ती बुझाउदै आफ्नो सहयोग एमाले तर्फका उमेदवार श्रेष्ठलाई तथा नेकपा एमाले पार्टीलाई गर्ने घोषणा गरेका हुन् ।
घलेले प्रेस बिज्ञप्तीमा भनेका छन(केही कारण बस आफ्नो उम्मेद्बारी फिर्ता गर्न नमिलेपनी आफ्नो सहयोग नेकपा एमाले तर्फका उम्मेद्बार पुर्णलाल श्रेष्ठलाई तथा नेकपा एमाले पार्टी लाई रहन्छ) ।
क्याटेगोरी : समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस