Techie IT
गृहपृष्ठसमाचारनेपाल भारत सीमा तीन दिन सील गर्ने सहमति

नेपाल भारत सीमा तीन दिन सील गर्ने सहमति


नेपालमा आसन्न निर्वाचनका समय नेपाल भारत सीमा तीन दिन सील गर्ने सहमति भएको छ । भारतको बिहारसँग जोडिएका नेपालका पर्सा, बारा, रौतहट, चितवन र नवलपरासी (बर्दघाट सुस्तापूर्व) र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) का सीमा ७२ घण्टाका लागि सील गर्ने सहमति भएको हो ।

बिहारको रक्सौलमा बसेको दुवै देशका सीमावर्ती जिल्लाका सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरूको बैठकले आगामी निर्वाचनका लागि मङ्सिर २ देखि ४ गतेसम्म सीमा सील गर्ने सहमति गरेको हो ।

बैठकमा सूचना सम्प्रेषणमा प्रभावकारिता, अन्तर सीमा अपराध नियन्त्रण (जाली नोट र लागूऔषधको ओसारपसार, तस्करी, अन्य गैरकानूनी गतिविधि) मदिरा तस्करी नियन्त्रण लगायतका विषयमा एकापसमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल र समझदारी भएको छ ।

नेपाल भारत अन्तर जिल्ला सीमा समन्वय बैठकको प्रतिनिधिमण्डलमा नेपालका तर्फबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे र भारतका जिल्लाका तर्फबाट पूर्वी चम्पारण जिल्ला अधिकारी सिरसत कपिल अशोकले नेतृत्व गर्नुभएको थियो ।

छ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा दुवै देशका सीमावर्ती जिल्लाका सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरूको बैठकमा उपस्थिति  थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस