Techie IT
गृहपृष्ठसमाचारनुवाकोटका हराएका ७ जना भटिए

नुवाकोटका हराएका ७ जना भटिए


नुवाकोटका विभिन्न समयमा हराएका सात जना मानिस फेला परेको छ । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले हराएका मानिसहरूको खोजी गर्न ‘गो होम’ अभियान सञ्चालन गरेपछि नुवाकोटका ७ जना हराएका मानिस भेटिएका हन् । नुवाकोटका सात जनासहित दुईु सय ३३ जना हराएका मानिस फेला पारेर आफन्तलाई जिम्मा लगाएको वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

गत असोज ५ गतेबाट प्रदेश प्रहरी कार्यालय मातहतका उपत्यकाका ३ जिल्ला बाहेकका १०जिल्लाहरूमा सञ्चालन गरिएको उक्त अभियान अन्तर्गत मंसिर सम्ममा २ सय ३३ जना हराएका मानिस फेला पारी सम्बन्धित आफन्तलाई जिम्मा लगाइएको छ ।हराएका मानिसको संख्या तथा फेला पर्ने मानिसहरूको संख्याको आधारमा जिल्ला प्रहरी कार्यालय दोलखा पहिलो नम्बरमा रहेको छ ।

दोलखाले हालसम्म ५८ जना मानिस फेला पारेको छ भने मकवानपुरले ४५जना, सिन्धलीले ४१ जना र चितवनले २५ जना मानिस फेला पारेको छ । काभ्रेले १५ जना, सिन्धपाल्चोकले १३ जना, धादिङले ११ जना रसवा र रामेछापले ९/९ जना तथा नुवाकोटले ७ जना मानिस यस अभियान अन्तर्गत खोजी गर्दाभेट्टाएको छ । अभियान सुरु हुनुअघि ८ सय २३ जना हराएका मानिसहरूफेला पर्न बाँकी रहेकोमा अभियान सुरु भएपछि प्रहरी गस्ती, प्रहरी र आफन्तको संयुक्त प्रयासबाट २ सय ३३ जना हराएका मानिसहरूलाई फेला पारिएको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीका अनुसार प्रदेश प्रहरी कार्यालय मातहतका जिल्लाबाट हराएका मानिसको संख्या अझै ५ सय ९० रहेको र उनीहरूको खोजी कार्य भइरहेको छ ।

 

यो समाचार त्रिशुली खबर मा छापीएको छ .


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस