Techie IT
गृहपृष्ठसमाचारविदेशबाट ल्याइएका मोबाइलमा कडाई नगर्ने निर्देशन पालना नगरिएकोमा प्रधानमन्त्रीको असन्तुष्टि

विदेशबाट ल्याइएका मोबाइलमा कडाई नगर्ने निर्देशन पालना नगरिएकोमा प्रधानमन्त्रीको असन्तुष्टि


प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट ल्याइएका मोबाइलमा तत्काल कडाई नगर्ने निर्देशन पालना नगरिएकोमा असन्तुष्टि जनाएका छन् ।

उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री विष्णु पौडेललाई आज बिहान बालुवाटार बोलाएर निर्णय कार्यान्वयन नभएकोप्रति चासो देखाएका हुन् ।

प्रधानमन्त्री दाहालले निर्णय तत्काल कार्यान्वयन गर्न समेत अर्थमन्त्री पौडेललाई निर्देशन दिएका छन् ।

भेटमा प्रधानमन्त्री दाहालले अर्थमन्त्री पौडेल र अर्थसचिवलाई बोलाएर आवश्यक कानुनी प्रक्रिया पछि मिलाउँदै जान सकिने तर अहिले निर्देशन कार्यान्वयन आजैकै मितिदेखि गराउन निर्देशन दिएको दाहालको सचिवालयले जनाएको छ ।

सोमबार अमेरिकाबाट नेपाल ल्याइएको मोबाइल विमानस्थल भन्सारले नियन्त्रणमा लिएपछि प्रधानमन्त्री दाहालले त्यसमा चासो देखाएका हुन् ।

सरकारले जनवरी एकदेखि विदेशवाट ल्याउने मोवाइलमा १८ प्रतिशत कर लाग्ने निर्णय कार्यान्वयनमा ल्याएको थियो ।

विरोध भएपछि प्रधानमन्त्री दाहालले त्यसलाई रोक्न निर्देशन दिएपनि भन्सार र विमानस्थलले कानुन वनिसकेको भन्दै कार्यान्वयन गरेका थिएनन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस