चितवनमा सिकारीले मार्यो दुई गैँडा
चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैँडा चोरी सिकारीले मारेको अवस्थामा फोला परेको छ ।
शुक्रबार दिउसो साढे १२ बजे पूर्वी नवलपरासीको मध्य विन्दु नगरपालिका २ सीतापुर सेहेरी नजिकै नारायणी नदीको भङालोमा दुई वटा गैँडा मृत अवस्थामा फेला परेको हो । एउटा माउ गैँडा र एउटा भाले बच्चा गैँडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । दिउसो गैँडा मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
माउ गैँडाकोट सिङ काटेर लगेको र बच्चाको भने सुरक्षित रहेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । नारायणी नदी वारी घाँसमा चर्न आएको समय पारेर शुक्रवार बिहान सिकारीले गैँडा मारेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको अनुसन्धान भइरहेको निकुञ्जले जानकारी दिएको छ ।
मृत गैँडा नजिक विद्युतीय तार रहेकाले गैँडालाई करेन्ट लगाएर मारेको हुन सक्ने निकुञ्जले जानकारी दिएको छ । अन्य अनुसन्धानको काम भइराखेको कार्यालयले जनाएको छ । मृत यो गैँडा सहित चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्ष. २०७९-०८० मा मर्ने गाडैको सङ्ख्या १० वटा पुगेको छ ।
Source :- Gorkhapatraonline
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस