Techie IT
गृहपृष्ठसमाचारअपराधलागूऔषधसहित १३ पक्राउ

लागूऔषधसहित १३ पक्राउ


लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा १३ जना पक्राउ परेका छन् । ४ थाई, २ भारतीय र ७ नेपालीलाई लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरले पक्राउ गरेको हो ।

जिल्ला अदालतबाट म्याद लिएर उनीहरूमाथि कारबाही चलाउन अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको माप्यदूधकोसी–४ का ३५ वर्षीय लाक्पा शेर्पा, भारत बिहारको मधुवनीका ३८ वर्षीय फैज अहमद, धनुषा औरही–३ का २९ वर्षीय अयान रेजा, ४५ वर्षीय जाकिर नदाफ, काभ्रेको भुम्लु–४ का २४ वर्षीय दीपक तामाङ, नुवाकोट शिवपुरी–८ का २९ वर्षीय लक्ष्मण बखती छन् ।

ब्युरोले २३ किलो ८ ग्राम लागूऔषध चरेससहित थाइल्यान्डका ४ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । ब्युरोका प्रवक्ता डीएसपी नारायण रञ्जितकारका अनुसार माघ २८ मा काठमाडौंबाट बैंकक जान लागेका उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ४८ वर्षीया याओवालुक जुआब्स्री, ४२ वर्षीया परिचार्ट पम्प्रुक, २५ वर्षीय नाटापोल ट्रिचैया, १९ वर्षीया नट्नारी ट्रिचैया छन् ।

खैरो हेरोइन र त्यो नापतौल गर्ने डिजिटल तराजुसहित मोरङ लेटाङ–२ का ३४ वर्षीय रोशन रिसाल, केराबारी–३ का ३५ वर्षीय अमित श्रेष्ठ, बिहारका ३२ वर्षीय श्रवणकुमार महरा ब्युरोले पक्राउ गरेको छ ।


क्याटेगोरी : समाचार, अपराध
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस