Techie IT
गृहपृष्ठभिडियोशिक्षकको माग गर्दै बिद्यार्थीहरुले गरे सडक अवरुद्द

शिक्षकको माग गर्दै बिद्यार्थीहरुले गरे सडक अवरुद्द


विदुर नगरपालिकाको वडा नम्बर २ बट्टारमा अबस्थित भिमसेन माध्यामिक विद्यालयमा बिषयगत शिक्षकको माग गर्दै बिधार्थीहरुले सडक अवरुद्ध गरेका छन् । विदुर नगरपालिकाको बेवास्ता र राजनितिक खिचातानीका कारण भिमसेन माध्यामिक विद्यालयको दुराअवस्था बढ्दै गएको छ ।

बर्षौदेखी दरबन्दी अनुसारको शिक्षक नहुनु र बिद्यालयको पढाईको अबस्था खस्किदै गएपछि बुधबार पढ्नको लागी बिद्यालयका आएका बिद्यार्थीहरु एकाएक सडकमा उत्रिन बाध्य भएका हुन ।

बिदुर नगरपालिका वडा नंम्बर २ मा रहेको भिमसेन माध्यामिक बिद्यालयका बिधार्थीहरुले बिज्ञान बिषयको शिक्षकको माग गर्दै बुधबार दिउँसो लगभग २ घण्टा सडकनै अबरुद्ध गरेका छन् ।

हालको व्यवस्थापन समिति खारेजी, बिद्यालयको अनियमितता नियन्त्रणका साथै शिक्षकको माग राख्दै पासाङलामु सडक अन्र्तगत रहेको पिपलटार त्रिशुली सडक खण्ड २ घण्टा अबरुद्ध गरेका हुन ।

बिगत ३ महिना देखी बिज्ञान बिषयको शिक्षक नहुदा समेत विदुर नगरपालिका सहित बिद्यालय प्रशासन तथा ब्यवस्थापन समितीले कुनै चासो नदेखाएको र भएका शिक्षकहरु बाट पनी नियमित पठनपाठन नभएपछि आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको बिद्यार्थीहरुले बताएका छन् ।

बिद्यालयमा ३ वटा शिक्षकको पद रिक्त भएसंगै ब्यवस्थापन समितीले नगरपालिकालाई बारम्बार झकझकाउदा समेत नगरपालिकाले कुनै वास्ता नगरेको गरेको बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष उत्सव अर्यालको भनाई रहेको छ । नगरपालिकालाई पटकपटक जानकारी गराउँदा समेत मेयर राजन श्रेष्ठले वास्ता नगरेको उहाँको भनाई रहेको छ ।.

यता नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले भने बिद्यालय ब्यवस्थापन समितीको अध्यक्षको कमजोरीका कारण बिद्यालयमा शिक्षकको पदपुर्ति गर्न नसकिएको बताउनुभएको छ । मेयर श्रेष्ठले ब्यवस्थापन समितीका अध्यक्षलाई मिटिङमा बोलाउदा नआउने र बिद्यालय प्रति चासो नदिएको कारण शिक्षकको पदपुर्ति गर्न ढिलाई भएको उहाँले बताउनुभएको छ ।.

बिद्यालय ब्यवस्थापन समितीको लडाईले गर्दानै बिद्यालय यस्तो परिस्थितिमा आईपुगेको बिदुर नगरपालिका वडा नंम्बर २ का वडा अध्यक्ष दिपक कायस्थले बताउनुभएको छ । हालको ब्यवस्थापन समिती परिवर्तन गरेमात्रै स्कुलको अबस्था सुधार हुने वडा अध्यक्ष कायस्थको भनाई रहेको छ ।
बिद्यालयले बिगत ४ बर्ष देखी बार्षिक प्रगती विवरण देखाउन नसकेको, शिक्षक ब्यवस्थापन गर्न नसकेको र बिद्यार्थीहरुको गुनासो बिद्यालयले सुनुवाई गर्न नसकेकोमा बिद्यालयकै कमजोरी रहेको भिमसेन माविका निमित्त प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले बताउनु भएको छ ।
उहाँले ब्यवस्थापन समितीकै कमजोरी र बिद्यालयप्रती विदुर नगरपालिकाले वास्ता नगर्दा बिद्यालयको हालत खराव भएको बताउनुभएको छ ।

नजिकिदै गरेको एसईई र कक्षा ९ सम्मको अन्तिम परिक्षा आउन अब एक महिनामात्र बाकी रहेको छ । बिद्यार्थीहरुलाई आफुहरु बिज्ञान बिषयमा कसरी उत्तिर्ण हुने भन्ने पिर त छदैछ । यता बिज्ञान बिषय सहित अन्य २ वटा शिक्षकको पद रिक्त रहदा समेत पदपुर्र्ति तिर लाग्नुको साटो बिद्यालय ब्यवस्थापन समिती र विदुर नगरपालिका एक अर्कामा आरोप लगाउदै बसेका छन् ।




क्याटेगोरी : भिडियो, समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस