पन्चकन्या १,२मा बालबालिकाको जन्मदर्ता अभियान संचालन
पन्चकन्या गाँउपालिकाको आयोजनामा गुड नेवर्स इन्टरनेशनल नेपाल तथा ग्रामिण विकास तथा शशक्तिकरण केन्द्र (रुडेक नेपाल )को सहकार्यमा पन्चकन्या गाँउपालिकाको वार्ड नं १, २ का विभिन्न बस्तीहरुको अभिभावकहरुलाई फागुन ३० र चैत्र १ गते गरी २ दिने जन्मदर्ता अभियान संचालन गरको छ ।
उक्त अभियानमा वार्ड अध्यक्ष, वार्ड सचिव,वार्ड सदस्य,सम्वन्धित विद्यालयको प्र.अ तथा जन्मदर्ता गर्न बाँकि बालबालिकाको अभिभावकहरु र रुडेक नेपाल का प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
अभियानको दौरान इन्द्रायणी मा.वि. बानियाटार,आँपचौर आ.वि. आपचौर, शान्ति विद्याा मन्दिर आ.वि.,राष्ट्रिय मा.वि. तथा कालिका मा.वि. कविलासमा भर्ना भएका सानाबाबु नानीहरुको अभिभावक सँग अन्तक्रिया गरिएको थियो ।जसमा प्राय जसो जन्मदर्ता गर्न बाँकि रहेको अभिभावक हरु समावेश हुनुहुन्थ्यो ।
कार्यक्रममा ५८ जना अभिभावक सँग छलफल गरी जन्मदर्ता नगरेका कारण खोजी आवश्यक प्रक्रिया पुर्याएर जन्मदर्ता गर्न सहजीकरण गरिएकोे थियो ।उक्त प्रक्रियाको सहजीकरण वडा न १ का सचिव रोशनी पराजुली तथा वडा न का २ सचिव विष्णुमणि घिमिरे ले गर्नु भएको थियो ।कार्यक्रम वार्ड अध्यक्ष महानन्द ढकाल ज्यु को अध्यक्षतामा सम्पन्न गरिएको थियो ।
विशेष गरी उमेर नपुगी विवाह गरेका जोडी, विवाह पछि सम्वन्धमा खट्पट् परेका जोडी तथा अन्य विविध कारण ले विवाहदर्ता नभएका अभिभावक हरु बाट कानुनी उल्झन तथा अन्य डरका कारण बालबालिकाको जन्मदर्ता नगरेको देखियो । बालबालिका ले जन्मदर्ता हुन पाउनु उसको नैसर्गिक अधिकार हो र उसले जन्मदर्ता पाउनु पर्छ ।यसको लागीआवश्यक प्रक्रिया बारे वडा अध्यक्ष र सचिव बाट जानकारी पाएपछि सवै अभिभावकले तत्काल जन्मदर्ता गर्न आवश्यक कागजात सहित वडा कार्यालय आउने प्रतिबद्धता जनाउनु भएको थियो ।
जन्मदर्ता नभएको बालबालिकाको अभिभावकलाई उक्त अभियानमा जोड्न सम्वन्धित विद्यालयको अहम् भूमिका रहेको थियो ।यो अभियान बाट व्यक्तिगत घटनाहरु ३५ दिन भित्र गर्नुपर्ने रहेछ भन्ने ज्ञात उपस्थित अविभावकलाई भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस