बेलकोटगढी नगरपालिकाका युवाहरुको भजन मोह
नुवाकोटको बेल्कोट स्थित बेलकोटगढी –१० का युवाहरू निरञ्जना मन्दिर परिसरमा दिनहुँ भजन सिक्न थालेका छन् । वडा कार्यालयको सहयोगमा प्राप्त मादल, हार्मोनियम सहितको वाद्यवादन सामाग्रीको प्रयोग गर्दै दिनहुँ भजन सिक्न थालेका हुन् वडा अध्यक्ष सहित वडाका सदस्य र गाउँका अग्रज, बुद्धिजीवी, समाजसेवी तथा युवाहरूको उत्साहजनक उपस्थितिमा भजन सञ्चालन भइरहेको स्थानीय युवा कमल पाण्डेले जानकारी दिए ।
पाण्डेले भने , ‘यसरी दिनहुँ भजन कृतनमा सहभागि भएर युवाहरुले भजन सिकेको देख्दा गाँउका अग्रज आमा बुबाहरू ज्यादै खुशी हुनुहुन्छ ।
आजको युगमा भजनप्रति युवाको मोह देखेर उहाँहरु खुशी हुनुभएको हो ।’ यसरी दिनहुँ भजन कृतन गाउँदा आफ्नो गाउँठाँउको संस्कृति जोगिनुका साथै कलामा अझै वृद्धि हुने पाण्डेले बताए ।सुरुका दिनमा केही थोरै युवाहरू भजन सिक्न आउने गरेपनि अहिले गाउँका धेरै युवाहरू भजन सिक्न आउन थालेका छन् । यसरी युवाहरूको उपस्थिति बढ्दै गएपछि यो अभियानलाई अझै व्यवस्थित बनाउन वडा कार्यालयले सक्दो सहयोग गर्ने वडा अध्यक्ष प्रल्हाद प्रसाद थपलियाले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस