नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्षमा राजेन्द्र श्रेष्ठ निर्बिरोध निर्बाचित
नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्षमा राजेन्द्र श्रेष्ठ निर्बिरोध निर्बाचित हुनुभएको छ ।
संघको १८ औ बार्षिक साधारण सभा तथा ११ औ अधिबेसन मार्फत प्रथम उपाध्यक्ष रहनुभएका श्रेष्ठ निर्बिरोध निर्बाचित हुनुभएको हो । अन्य निर्बिरोध हुनेहरुमा प्रथम उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ, द्धितिय उपाध्यक्ष सबिनराज भण्डारी र प्रवक्तामा सुमन भण्डारी निर्बाचित हुनुभएको छ । यसैगरी, बस्तुगत सदस्यमा पुरुषोत्तम अधिकारी र सविन श्रेष्ठ निर्बिरोध निर्बाचित हुनुभएको छ । अन्य पदहरुमा भने एकभन्दा बढिको मनोनयन परेको छ । बरिष्ठ उपाध्यक्षमा गिता अमात्य र सन्तोष उप्रेती, महासचिवमा कृष्ण अधिकारी र उपेन्द्र बुढाथोकी, सचिवमा मधुसुदन थपलिया र गगन लामा, कोषाध्यक्षमा मेघराज घिमिरे र हरिशरण रिमालको मनोनयन परेको छ ।
नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादी निकट व्यापारीहरुको संयुक्त प्यानल मार्फत नयाँ कार्यसमिति चयन गर्न लागिएको हो । माओवादी केन्द्रलाई ३ सदस्य, समाजवादीलाई १ सदस्य र बाँकी सबै पदहरु नेपाली काँग्रेसलाई हुनेगरी दलहरुको निर्णय भएको छ ।
नेकपा एमालेको तर्फबाट भने दुई सदस्य बाहेक कुनैपनि पदमा उम्मेदवारी परेको छैन । उम्मेदवारी दिने सदस्यहरुमा पवन नेपाल, नानु गुरुङको उम्मेदवारी परेको छ । नुवाकोट उद्योग बाणिज्यसंघको १८ औ बार्षिक साधारण सभा तथा ११ औ अधिबेसनको उद्धघाटन कार्यक्रम भने बैशाख ८ गतेलाई तोकिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Hot100
प्रतिक्रिया दिनुहोस