नुवाकोटको ककनी गाउपालिका काठमाडौ माहानगर पालिका बिरुद्ध बैशाख २१ गते देखी सडकमा उत्रने
नुवाकोटको ककनी गाउपालिकाका अध्यक्ष सुमन तामाङ सज्जनले काठमाडौ माहानगर पालिका बिरुद्ध बैशाख २१ गते देखी सडकमा उत्रने बताउनु भएको छ ।
काठमाडौ माहानगरपालिका , ककनी गाउपालिका र धुनिवेसी नगरपालिकाको प्रभावित वडाअध्यक्ष हरु बिच २०७९ जेठ २६ गते भएको सम्झौताहरु २०८० बैशाख २० गते सम्म पनी कार्यान्वयन नगरेकोे तामाङले बताउनु भएको छ ।
ककनी गाउपालिका वडा नंम्बर २ सिसडोलका बासिन्दाहरुको स्वच्छ बाताबरणमा बाच्न पाउने मौलीक हकलाइ काठमाडौ माहानगरले खोसेकोले सिसडोल बासी लाई त्यो हक उपलब्ध गराउन आफुहरु बाध्य भएर सडकमा जानुपरेको अध्यक्ष तामाङले बताउनु भयो । बाईट सुमन तामाङ सज्जन
बैशाख ५ गते ककनी गाउपालिका र धुनिवेसी नगरपालिकाले सम्झौता अनुसार कार्यान्वयन नभए फोहोरको ढुवानी बन्द गर्नुका साथै दुवै पालिकाहरु सडकमा उतर्ने बताए पछि काठमाडौ माहानगरपालिकाका प्रवक्ता नविन मानन्धर सहितका टोलीले बैशाख १३ गते ककनी गाउपालिकाका जनप्रतिनिधीहरु संग बर्ता गरेको थियो । बार्तामा प्रवक्ता मानन्धरले फोहोर जहा बिर्सजन गर्ने हो ब्यावस्थापनको जिम्मेवारी पनी त्याहीका स्थानिय तहलाई दिनु पर्ने बताउनु भयो । मानन्धरले सम्झौताहरु ब्ौशाख २० गते भित्रनै कार्यान्वयनमा ल्याउने बताउनु भएको छ । नविन मानन्धर बाईट
सिसडोलमा अहिले काठमाडौ नगरपालिका सहित १८ ओटा नगरपालिकाहरुको फोहोर बिर्सजन हुदै आएको छ ।
फोहोर मैला ब्यवस्थापनको लागी बैज्ञानिक तथा आधुनिक बिज्ञ टोली गठन गरी न्यून प्रभाव पर्ने गरी फोहोर मैला ब्यवस्थापन गर्ने र बञ्चरे डाडा बाट निस्किएको फोहोरको लिच्चड लाई कोल्पुखोलामा मिश्रण नगरी अन्यन्त्र स्थानमा ब्यवस्थापन गर्नु पर्ने लगाएत ६ वटा मागहरु ककनी गाउपालिका र धुनिवेसी नगरपालिकाले राखेको छ ।
क्याटेगोरी : भिडियो, समाचार
ट्याग : #Hot100
प्रतिक्रिया दिनुहोस