Techie IT
गृहपृष्ठसमाचारसरकार विरुद्ध सरकारनै आन्दोलित

सरकार विरुद्ध सरकारनै आन्दोलित


नुवाकोटको ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिकाका साथै धादिङको धुनीवेशी नगरपालिकाले संयुक्त पत्रकार सम्मेलन गरी फोहोरमैला ब्यवस्थापनमा सामुहिक चासो देखाएका छन् । राजधानीको फोहोरमैला विसर्जनस्थल बञ्चरेडाँडाको कुडुलेमा संयुक्त पत्रकार सम्मेलन गर्दै तिन स्थानीय तहले फोहोरमैला ब्यवस्थापनका लागि काठमाण्डौं सहित १८ वटा पालिकाको ध्यानाकर्षण गराएका हुन् ।

ती स्थानीय तहले फोहोरमैलाको वैज्ञानिक ब्यवस्थापन, प्रभावित नागरिकको उचित ब्यवस्थापन र यसअघि भएका सम्झौताहरुको पालना गर्न ध्यानार्षण सहतिका तिनवुँदे माग राखेका छन् । शान्तिपूर्ण रुपमा शुरु गरिएको मागको सुनुवाई नभए आफूहरु जुनसुकै हदसम्म पनि जान तयार रहेको ककनी गाउँपालिकाका प्रमुख सुमन तामाङल सज्जनले बताउनु भयो ।

बेलकोटगढी नगरपालिकाका प्रमुख जगत तामाङले ल्याण्डफिल्ड साईड परिसर मात्र नभएर फोहोरको दुर्गन्ध र यहाँवाट निस्कने फोहोर पानी लिच्चडले यहाँ आसपासका हजारौं नागरिक प्रभावित भईरहेको बताउनुभयो ।फोहोर र मानिस एकै ठाउँमा रहन नसक्ने भएकोले यसको उचित ब्यवस्थापन गर्न तामाङले माग गर्नुभएको छ ।

यस्तै पत्रकार सम्मेलनमा बोल्दै धुनीवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले शान्तिपूर्ण रुपमा स्थानीय नागरिकले राखेका मागहरु पूरा नगरेकोले बाध्य भएर स्थानीय सरकार नै स्थानीय सरकारको विरुद्ध आन्दोलनमा उत्रनुपरेको बताउनुभयो । यसअघि आफ्ना माग राखेर प्रदर्शन गरेका स्थानीय नागरिकलाई हालसम्म पनि काठमाण्डौं महानगरपालिकाले मुद्धा चलाईरहेकोमा उहाले आपत्ति जनाउनु भएको छ ।

विगत १८ बर्षदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल क्षेत्रमा फोहोरको संकलन, प्रशोधन र व्यवस्थितरुपमा विषर्जन गरिनुपर्नेमा लिच्चड अव्यवस्थितरुपमा खोलामा मिसाउनाले यस क्षेत्र दुर्गन्धित हुनुका साथै कृषियोग्य जमिनमा समेत खेती हुन छाडेको , चिल, गिद्दलगायतका पशुपंक्षीहरुले फोहोरहरू एक ठाउँबाट अर्को ठाउँमा ओसारपोसार गरेका कारण धेरै क्षेत्रहरु समेत प्रभावित हुन पुगेकोे स्थानियहरुको भनाई छ ।

सहरी विकास मन्त्रालयले करिब १ अर्ब लागतमा बञ्चरेडाँडा ल्याण्डफिल साइट बनाएको हो । नेपालमै फोहोर व्यवस्थापन गर्ने सबैभन्दा ठूलो परियोजनाको रुपमा यो ल्याण्डफिल्ड साईड निर्माण भएको हो ।

यहाँ फोहोरवाट निस्कने तरल पदार्थ लिच्चड पोखरी, फिल्टर पुल लगायतका पूर्वाधार बनाईएका छन् । सहरी विकास मन्त्रालयका अधिकारीहरुका अनुसार वर्गीकरण नगरी फोहोर फाल्ने हो भने बञ्चरेडाँडा ल्याण्डफिल साइट २० वर्षमै भरिनसक्ने र फोहोर वर्गीकरण गरेर मात्रै फाल्ने हो भने ल्याण्डफिल साइटको आयु ४० वर्षसम्म बनाउन सकिने छ । तर, फोहोरमैला जथाभावी विसर्जन जारी रहेकोले दिर्घकालसम्म यहाँ फोहोर ब्यवस्थापन हुन नसक्ने देखिएको स्थानीयहरुको भनाई छ ।




क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस