Techie IT
गृहपृष्ठसमाचारनुवाकोटमा बिजुली प्रयोग नगर्ने ८६ परिवार

नुवाकोटमा बिजुली प्रयोग नगर्ने ८६ परिवार


तथ्याङ्क कार्यालय नुवाकोटले आईतबार जिल्ला स्तिरीय नतिजा सार्वजनिक गर्दै नुवाकोटमा अहिले पनी बिजुली बत्ती प्रयोग नगर्ने परिवारको संख्या ८६ रहेको बताएको छ । तथ्याङक कार्यालय नुवाकोटका अनुसार नुवाकोटमा खाना पकाउनको लागी २४ परिवारले गुईठा प्रयोग गर्छन भने ३ शय ९५ परिवारले बायोग्यास प्रयोग गर्दछन् । यस्तै ४५ हजार ७ शय ५२ परिवारले खाना पकाउन दाउरा , २२ हजार ३ शय ६५ परिवारले एल पी ग्यास , ३ शय ९५ परिवारले बायो ग्यास र ७९ परिवारले बिजुलीको प्रयोग गर्ने गरेको बताएको छ ।

६८ हजार ६ शय ७९ परिवार रहेको नुवाकोटमा जम्मा जनसंख्या २ लाख ६३ हजार ३ शय ९१ रहेको बताईएको छ । जसमध्ये पुरुष १ लाख २८ हजार ९ शय ९८ जना र महिला १ लाख ३४ हजार ३ शय ९३ जना रहेको छ । यस्तै नुवाकोटमा परिवारको औसत आकार ३ दशमलव ८४ रहेको तथ्याङ् कार्यालयले नतिजा सार्वजनिक गरेको छ । झन्डै १ हजार १ शय २१ बर्ग किले मीटर क्षेत्रफलमा फैलिएको नुवाकोटकोट जिल्लाको जनघनत्व २ शय ३५ रहेको बताएको छ यस्तै जनसंख्या वृद्धि दर माईनस ० दशमलव ५ प्रतिसत प्रति वर्ष रहेको बताएको छ । नुवाकोट बाट बिदेसिनेको संख्यो १५ हजार ६ शय८ जना रहेका छन जसमध्ये पुरुष १२ हजार १ शय ६२ जना, महिला ३ हजार ४ शय ४६ जना रहेका छन । नुवाकोटमा ६ हजार ९ शय ३९ जनामा विभिन्न १२ किसिमको अपांगता रहेको छ तथ्याङ्क कार्यालयले नजिजा सार्वजनीक गरेको छ । यस्तै नुवाकोट लाई खुल्ला दिबा पिसाव मुक्त जिल्ला घोषाण गरेपनी १ हजार ७२ परिवारको घरमा चर्पी नरहेको तथ्याङ्क कार्यालय नुवाकोटले नतिजा सार्वजनिक गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस