बिद्यार्थीहरुलाई सचेत गराउदै जिल्ला युवा समिति नुवाकोट
जिल्ला युवा समिति नुवाकोटले बिद्यार्थीहरुलाई लागु पदार्थ दुव्र्यसन तथा साइबर अपराध सम्बन्धि सचेत गराएको छ ।बिहिवार जिल्ला युवा समिति नुवाकोटल विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु लाई लागु औषध भनेको के हा साइबर क्राइम भनेको के हो , यसबाट कसरी सचेत रहने र यस्ता घटनाहरु घट्न नदिनका लागी के कस्ता उपायहरु अवलम्बन गर्न सकिन्छ भन्ने जानकारी गराईएको थियो ।
कार्यक्रममा नुवाकोटका साहायक प्रमुख जिल्लला अधिकारी बेधनिधी अधिकारीले लागु पदार्थ दुव्र्यसन र साइबर अपराधका बारेमा बिभिन्न घटनाहरु घटिरहेको तथ्याङक प्रस्तुत गर्दै त्यस्ता घटनाहरु घट्न नदिनका लागी हामी आफै सचेत हुनु पर्ने कुरामा जोड दिनु भयो ।
यस्तै जिल्ला युवा समिति नुवाकाेटकाे अध्यक्ष उद्धव पनेरुले लागु पदार्थ र साइबर अपराधमा धेरै जसो युवा उमेरको बढी सक्रियता रहेकाले लागु पदार्थबाट बच्न र साइबर क्राइमबाट जोगिन सञ्चार माध्यमको प्रयोग सही तरिकाले गर्नुपर्ने बताउनुभयो । अध्यक्ष पनेरुले लागु पदार्थ दुव्र्यसनलाई अन्त्य गर्न सबै युवाहरु लागी पर्नुपर्ने कुरालाई समेत जोड दिनु भएको छ ।
कार्यक्रममा पत्रकार महासंघ बाग्मतीका अध्यक्ष शिव देवकोटा, नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, सचिव जगदिश खनाल लगातको उपस्थिती रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस