Techie IT
गृहपृष्ठभिडियोबर्षात नभएपछि सन्सरी पुजा

बर्षात नभएपछि सन्सरी पुजा


लामो समय सम्म बर्षात नभएपछि गाउलेहरु मिलेर सन्सरी पुजा गरेका छन् ।
बर्षात नभएको कारणले खेतबारीमा लगाएको बालीहरु सुक्नुका साथै खानेपानीको मुहान समेत सुक्न थाले पछि लिखु गाउपालिका वडा नंम्बर १ र २ का वडाबासीहरु मिलेर सन्सरी पुजा गरेका हुन् ।


सन्सरीदेवी र शिवजिको पुजा गरेपछि सम्पूर्ण प्राणीजातीमा लाग्ने रोगहरु हट्नुको साथै समयअनुकुल बर्षात हुन्छ भन्ने मान्यता रहेकोले गाउलेहरु मिलेर पुजाको आयोजना गरेको लिखु गाउपालिका वडा नंम्बर २ का स्थानिय हरिप्रसाद ढकाल बताउनुहुन्छ ।


परापूर्वकाल देखि गर्दै आएको यस पुजा २०७२ सालमा आएको भुकम्प पछि रोकिएको थियो । हरेक बर्ष गर्नेगरेको पुजा नगरेको कारणले नै मानव जातीमा अनेकौ रोग देखा पर्नुको साथै लामो समय सम्म बर्षात नभएर मुखमा आएको बाली समेत सुक्दै गएकोले देवी देवता रिसाएर यस्तो भएको होकी भन्ने आसंकाले पुजा लाई यस बर्ष बाट निरन्तरता दिन लागिएको स्थानिय मोचप्रसाद ढकाल बताउनु हुन्छ ।
सन्सरी पुजाले रोगहरु ह्टाउछ भन्ने बिश्वास संगै गाउलेहरु लाई एकजुट हुन समेत मद्धत गर्ने पुरोहित अश्विनकुमार रिमाल बताउनु हुन्छ । यस पुजामा हरेक जातजाती र धर्मावलम्बीहरुले एकै ठाउमा पुजा गर्ने हुनाले सबै गाउमा मानिसहरु लाई एक जुटहुन मद्धत गर्ने पुरोहित रिमालको भनाई छ ।
सन्सरीदेवी र शिव भगवानको पुजा गरेपछि सबै गाउलेहरु सामुहिक भोजन गरी भगवान संग बर्षात माग गर्दै गाउको हरेक घरमा गई जलधारा खेलेपछि बर्षत हुन्छ भन्ने बिश्वास स्थानिहरुको रहेको छ ।

 

 

 




क्याटेगोरी : भिडियो, समाचार
ट्याग : #hot 100, #Hot100

प्रतिक्रिया दिनुहोस