Techie IT
गृहपृष्ठसमाचारबजेट बनाउँदा इमान्दारिता भन्दा बाहिर गएको छैन : अर्थमन्त्री महत

बजेट बनाउँदा इमान्दारिता भन्दा बाहिर गएको छैन : अर्थमन्त्री महत


अर्थमन्त्री डा.प्रकाशशरण महतले इमान्दार भएर काम गर्दा कठिन भएको बताउनुभएको छ । मङ्गलबार बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्ने विषयमा जवाफ दिनुहुँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको छ ।

उहाँले अर्थमन्त्री भएर अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि इमान्दार भएर काम गरेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेट बनाउन आफूले कुनै पनि प्रभावबाट मुक्त भएर पारदर्शी ढङ्गबाट काम गरेको दाबी गर्नुभयो ।

अर्थमन्त्री महतले अर्थ मन्त्रालयका कर्मचारीकै रुपमा रामकृष्ण श्रेष्ठलाई करका दर टाइप गर्न दिएको बताउनुभयो । अर्थमन्त्रीले श्रेष्ठले ३० वर्षदेखि यही काम गर्दै आएको जानकारी पनि दिनुभयो ।

श्रेष्ठको विज्ञताको कारण अघिल्लो अर्थमन्त्रीले मन्त्रालयमा नियुक्त गरेको देखिएको बताउनुभयो । उहाँले मेरो इमान्दारितामा एक इन्च रौँ नहल्लेको स्पष्ट पार्नुभयो । उहाँले इमान्दारिता कायम राखेकाले स्वास्र्थ समूहहरु निजी स्वार्थ भएकाहरु पछि लागेको बताउनुभयो । अनधिकृत व्यक्ति छिराएर करका दर हेरफेर गर्न प¥यो भन्ने भाष्य बनाएर नियोजित रुपमा गर्दा त्यो नै सत्य हुने ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।

अर्थमन्त्रीले जिम्मेवारीमा बसेकाहरु सबै असत्य, झुटा र असत्य काम गर्न बसेको भन्नेकुरा हुन नसक्ने बताउनुभयो । उहाँले कसैले लेखिदियो त्यो चाहीँ सत्यमाथि सत्य भयो भन्ने तर्क गर्नुभयो । उहाँले जिम्मेवारी लिएर कसम खाएर संसदको रोष्टममा उभिएर जवाफ दिएको भन्दै आफ्नो इमान्दारितामाथि शंका नगर्न आग्रह गर्नुभयो ।

त्यस्तै,अर्थमन्त्री डा.महतले करको दर हेरफेरबारे आफूहरुले नै निर्णय गरेको बताउनु भयो। उहाँले निर्णय भएको इन्ट्री गर्न भने पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई सहयोगीका रुपमा लिएको स्वीकार गर्नुभयो ।  उहाँले करको दर हेरफेरबारे आफूसहितका आधिकारिक व्यक्तिहरुले निर्णय गरेको दाबी गर्नुभयो । उहाँले निर्णय गरिसकेपछि निर्णय प्रक्रियामा बसेका पदाधिकारीको उपस्थिति र निर्देशनमा इन्टर गर्ने काम मात्र भएको बताउनुभयो ।

Source:- Gorkhapatraonline


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस