Techie IT
गृहपृष्ठसमाचारपहिरोले पुरिएर नुवाकोट बेलकोटगढीमा एकको मृत्यु

पहिरोले पुरिएर नुवाकोट बेलकोटगढीमा एकको मृत्यु


जिल्लाको बेलकोटगढी नगरपालिका-२ लामाचौरमा सडक माथिबाट झरेको पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । सडकको नाला सफा गर्ने क्रममा पहिरो झर्दा बिहीबार बेलकोटगढी-१२ का ३२ वर्षीय मनकुमार तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

 

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूलीमा पठाइएको छ । पोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा दिइने डिएसपी खड्काले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #Hot100

प्रतिक्रिया दिनुहोस